मेरो नेपालप्रतिको अनुभव:माइक होगन, अष्ट्रेलिया

Wednesday, November 20th, 2019

 माइक होगन, समाजसेवी

नेपाल र नेपालीको माया अति नै लाग्छ मलाई । बिगत पन्ध्र बर्ष देखि हरेक बर्ष म नेपाल जाने गरेको छु र त्यहाँका विपन्न महिला, बालबालिका तथा शारीरिक रुपमा अशक्त व्यक्तिको लागि सहयोग गर्दै आएको छु । नेपालीहरुको सहयोगको लागि हरेक महिना म अष्ट्रेलियमा ससेज पकाएर बेच्ने गरेको छु । मेरो नेपाल प्रतिको माया देखेर मेरो परिवार तथा साथीभाइहरुले निरन्तर रुपमा सहयोग प्रदान गर्दै आएका छन् । मेरो दोस्रो घरको रुपमा लिएको छु मैले नेपाललाई । त्यसैले म सकुन्जेल नेपाल गइरहने छु र सहयोग गरिरहने छु ।
अष्ट्रेलियामा धेरै जसो नेपाली मानविय काम गर्ने संस्थाहरुले आफुले आफैलाई प्रमोट गर्ने गरेको र आफ्ना सदस्यहरुको सहभागिताप्रति अवार्ड गर्ने गरेको देखेको छु । आफुले आफैलाई चिनाउनको लागि सम्मान गर्नका लागि यस्ता काम धेरै भएको देखेको छु । मलाई लाग्छ धेरै संस्थाहरुमा थुप्रै सदस्यहरु मिलेर काम गरेका छन् आफ्नो फइदाको लागि ।

हो केहि काम सहयोग गर्नकै लागि भएका छन् तर सोच्नुहोस् त यस्ता कार्यक्रम गरेर सहयोग आवश्यक परेको मानिसलाई के कति दिन सकिन्छ, कति सहयोग उठ्छ र कति खर्च हुन्छ अनि वास्ताविक पिडित व्यक्ति समक्ष कति पुग्छ । नेपालीहरुको लागि सहयोग गर्नको लागि पैसा संकलन गर्न कत्ति गाह्रो छ भन्ने कुरा मेरो लागि अपरिचित होइन । मैले पन्ध्र बर्षमा धेरै नेपाली संघसंस्था मार्फत बिभिन्न सामाग्री तथा फाइनान्सियल सपोर्ट गर्दै आइरहेको छु । मैले गरेको सहयोग वापत म रिर्टनमा केहि पनि चाहन्न मात्र चाहन्छु राम्रो जीवन गरीव नेपाली महिला तथा वालबालिकाको लागि । मैले केहि यस्ता नेपाली देखेको छु जसले आफनो जीवन अरुको सहयोगमा समर्पित गरेका छन् । मैले मन खोलेर अरुको लागि सहयोग गरेको देखेको छु जब उनीहरु आफै पनि आफ्नो जीवनको लागि संघर्ष गरिरहेका छन् । त्यो मेरो नजरमा वास्ताविक मानविय कार्य हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest