मेलिना राईको नँया गीत तिमीसँगै सार्वजनिक (भिडियोसहित)

Thursday, November 28th, 2019

काठमाडौ : भगवानको सुन्दर सृजना मान्छे भनिन्छ अनि त्यसपछि जगतमा जे छ त्यो सबै मान्छेहरूलाई सुहाउँदो भगवानले नै सृजना गरेको हामीले जानेका छौं । यसैले त मान्छेहरू भगवानलाई पुज्ने गर्छन् दुःखमा होस् या सुखमा । प्रेम बिना संसार चल्दैन मिलन र बिछोडको खेल चलिरहन्छ अनि नयाँ सृजना हुनेछ भन्नुपर्दा अहिले भर्खरै एउटा नयाँ गीत सार्वजनिक भएको छ । जुन गीतको रचनाकार नेपाली भाषा साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समय बिताएका साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जनुुअमर को रचनामा गीति एल्बम अमर २मा रहेको, संगीतकार राम कार्कीको संगीत र एरेन्जमा र देश विदेश हरेक ठाउँमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको सुमधुर स्वरमा ।

तिमीसँगै जीवन बिताउने मन थियो
एक्लै छोडी त्यो मन आज टाढा भै दियो
बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त अमर २ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक हो । गीतमा ईश्वर फुँयाल, सृष्टि आचार्य आदिको अभिनय रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest