यसकारण नपिउनुहोस् खाना खाँदा धेरै पानी

Thursday, June 28th, 2018

– खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानुभन्दा ३० मिनेट पहिले पानी पिउँदा त्यसले बीचबीचमा पानी पिउने बानी हट्दै जान्छ। खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ।

– यदि तपाईं खानासँग धेरै पानी पिउनुहुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ। यसबाट तपाईंको खाना ठिक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन थाल्छन्।

– सात्विक आहार नै हाम्रो स्वास्थ्यको लागि उत्तम हो। जबकि चर्को मसाला, पिरो, धेरै नुन भएको खाना खाँदा पानी खानुपर्ने आवश्यकता हुने भएकाले सादा खाना खानुपर्छ।

– यदि खाना खाँदा पानी नभई नहुने बानी छ भने थोरै पानीको सहारा भने लिन सक्नुहुन्छ। यदि पानीमा कागती मिलाइएको छ भने यसबाट पाचन क्रिया छिटो हुन मद्दत गर्दछ।

– यदि तपाईंले दिनभर एक पटक पनि पानी पिउनु भएको छैन भने खानासँग थोरै पानी पिउन सक्नुहुन्छ किनकि शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ।

– खाना खाएको ३० मिनेटपछि पानी पिउनुपर्छ। यसले खाना सजिलोसँग पचाउन मद्दत गर्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ। एजेन्सी

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest