यस्तो बन्दै छ दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा( भिडियोसहित)

Thursday, October 11th, 2018

चक्र प्रसाद पोख्रेल,

काठमाडौ
नेपालमा निजी क्षेत्रका युवा उद्यमीको पहलमा ‘स्काइवाक टावर’ निर्माण हुने भएको छ, त्यो पनि राजधानीकै मुटु कमलादीमा ।दक्षिण एशियाकै पहिलो ‘स्काइवाक टावर’ नेपालमा निजी क्षेत्रको लगानीमा निर्माण हुने भएको हो । वण्डर्स नेपालले निर्माण गर्ने उक्त टावर काठमाडौंको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३ रोपनी जग्गामा बन्नेछ । टावर निर्माणका लागि २ अर्ब रुपैयाँ लगानी हुनेछ ।
काठमाडौंमा फरक किसिमबाट समय बिताउन चाहानेका लागि टावर उत्कृष्ट विकल्प बन्ने दावी कम्पनीको छ ।आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासहितको उक्त परियोजनाको शब्यदृश्य परिकल्पना सार्वजनिक गर्दै वर्ल्ड नेपालका अध्यक्ष इन्जिनियर आकर्षण पोखरेलले तोकिएको समयभित्र परियोजना सम्पन्न गरिने बताए ।
टावर बनेपछि सगरमाथा र बुद्धको देश भनेजस्तै दक्षिण एशियाकै पहिलो स्काई टावरको परिचय नेपालले पाउने वल्र्ड नेपालको भनाइ छ ।सो कम्पनीले नेपालका विभिन्न १० स्थानमा स्काईवाकको निर्माण र सम्भावनाबारे अध्ययन गरी काठमाडौँको कमलादीलाई रोजेको हो ।उक्त टावर १०० मिटरको हुनेछ भने त्यहाँ सुविधासम्पन्न पार्किङसहितका व्यावसायिक कम्प्लेक्स निर्माण गरिनेछ । टावरबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिनेछ । टावरभित्र अत्याधुनिक सबै सुबिधाहरु उपलब्ध हुनेछन् ।परियोजनाका इन्जिनिनयर सन्जिव रोकाहाले ३ वर्ष्भित्र स्काइवाक टावर निर्माण भएर हरेक नेपालीले एकपटक टावर चढ्ने बताए । उनले यो परियोजना सकिए लगत्तै यो भन्दा ठूलो र राष्ट्रिय गौरवको अर्को परियोजना आफूहरुले ल्याउने दावी समेत गरे ।

कस्तो हुन्छ टावर ?
साहासिक व्यक्तिका लागि सिसामाथि हिँड्ने अनुभव नेपालमै दिने यो टावर पहिलो हुनेछ ।टावरको ७५ मिटरको अग्लाईमा सिसामाथि हिँड्न सकिने सुविधा दिइने छ । त्यहाँबाट सीधै तलको भुईमा हेर्न सकिने भएकाले अवलोककर्तालाई आकाशका हिँडेको जस्तै अनुभूति हुने पोखरेलले बताए ।टावरको माथिल्लो भागमा ओपन रेस्टुरेन्टसहित नाइट क्लव पनि हुनेछ । भुई तल्लाका भागमा भने कफी तथा सोभिनियर सपहरु राखिनेछन् । टावरमा इभेन्टहरु पनि गर्न सकिने पोखरेलले बताए ।यो टावरमा प्रवेश गर्दा निश्चित शुल्क लिइनेछ । टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ ।टावरमा अण्डरग्राण्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिने सुविधा पनि दिइनेछ । टावरलाई सुरक्षित पर्यटकीय र मानेरन्जनको गन्तब्य बनाउने योजना कम्पनीको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest