यस्तो बन्यो ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर

Thursday, March 29th, 2018

अनुराधा तिमिल्सिना,
काठमाडौं, चैत १५ – नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ ।विशाल भण्डारीको कथा तथा निर्देशन रहेको छ उक्त चलचित्रमा आउदो बैशाख १४ गतेदेखी नेपालका हलहरुमा प्रदर्शन हुनेछm । यो हाँस्य विधामा आधारित चलचित्र हो । चलचित्रको ट्रेलर हेर्दा कथाले पैसाको झेलको वरिपरी घुमेर दर्शकलाई हँसाउने प्रयास गरेको छ ।
चलचित्रलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने भद्रबहादुर शाही, देविलाल न्यौपाने र शिवप्रसाद चौलागाइँले लगानी गरेका छन् ।चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धि तामाङलगायतको अभिनय रहेको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest