यस कारण, नारीहरुले पुरुषको दाँजोमा आफुलाई कम्जोर ठान्छन

Friday, March 23rd, 2018

जानू काम्बाङ्ग
ताप्लेजुङ्ग हाल बेलायत

नारी पुरुषको दाँजोमा निक्कै महाप्त्व्पूर्ण मानिन्छ समाजमा, तर नारी आफै २१ औं सप्दाबिमा पनि आफुलाई पुरुष सरह नभएको पाउँछे िकारण नारी आफै अझै पुरुष सरह हिड्, डूल गर्न,खान बस्न आफुलाई सहज ठान्दिन यसको मुख्य कारण त समाज र नारी आफै नै हो किन भने कतिपय नारीहरु मैले अधिकार पाएँ भनेर रातारात बाहिर हिड्ने, काम गर्ने, भासन र आमसभामा भाग लिने, संग संस्थाका बिभिन्न पदहरुमा बस्ने हुन्छन् यसो गरिरहँदा सृष्टिकालदेखि चलिआएका कतिपय घरायसी कामहरु देखि बन्चित हुन पर्ने हुन्छ घरका बाल बच्चाले आमाको माया र साथबाट टाढिनु पर्ने हुन्छ यस्तो हुँदा हुँदा कतिका बच्चाहरु न्यस्रिएर गलत बाटोतिर लाग्ने हुन्छन कति समयमा खान सुत्न नपाएर रोगि हुन्छन् यतिमात्र होइन अचेल कति समाजमा नारी पुरुष बिचको अनैतिक सम्बधहरुले समाज पनि धमिलिने गर्छ मान सम्मान र ईज्यत प्रतिष्ठा गुमाएर रित्तो घर फर्कनु पर्ने हुन्छ, यो हुमन बिङ्ग पनि हो, एउटा मान्छे संग संधै हिड्ने काम गर्ने खाने बस्ने, बोल्ने हास्ने गर्दा गर्दा एक अर्काको आनीबानी थाहा हुँदै जान्छ र एकदिन अबस्य स्वभावैले समिपमा पुग्छन् ।
नारीका हक र अधिकारका कुरो गर्न र लेख्न जति सजिलो छ तेस्लाई निभाउन उतिकै गार्हो छ होला भलै गोडा दुई एक तेस्ता महिला समाज र राजनैतिक क्षेत्रमा अग्रसर रहेर काम गरि रहेका तर मलाइ लाग्छ उनीहरु पनि आफुलाई सजिलो र सुरक्क्षित ठान्दैन त्यो ठाउमा कतै न कतैबाट उनीहरु पिडित नै हुन्छन्, पिडित नभएपनि मनमा आत्मा सन्तुस्टी भने पक्कै नमिलेको हुन सक्छ किन भने नारी स्वभावैले कोमल र ममतामयी हुन्छन, सृष्टि गर्ने मन आफ्नो घरबार र बाल बच्चा सम्झेर कुर्सीमै बसेपनि खलबलिन्छ हुन त यो नितात्न्त मेरो सोचाई अरुसंग नमिल्न पनि सक्छ

अब अरुको कुरो के धेरै गर्नु म आफनै उदारण दिन्छु म एक साधारण गृहिणी, तै पनि साथीसंगीको करले कुनै कुनै संग संस्थामा बस्छु र म इन्भोल्भ नभएपनि नाम राखिदिन्छन् र काम गर्नु पर्ने हुन्छ मिटिंग र प्रोग्राम धाउन उतिकै गार्हो छ बेलायतमा म आफै गाडी चलाउदिन कहिले रेलमा कहिले बसमा त कहिले कसैको कारमा जानु पर्ने हुन्छ प्रोग्राम र मिटिंग गर्दा गर्दै, कोहीबेला उतै रात पर्छ फर्कनलाई यति समस्या हुन्छ, कहिले कहिँ त १२, १ बच्छ रातको घरमा आउँदा केटा केटि पनि भोकै तिर्खै, चुला चौका पनि निभेको, कोठा लथालिंग भएको पाउछु अब बासी तासी के के छ तताएर दुख सुख खान दिन्छु नानीहरुलाई तर धन्दा मन्दा ? रहन्छ तेतिकै लखतरान ससिर लिएर ओछ्यान पस्छु बिहान फोनको अलराम बच्छ, मार्छु जुरुक्क उठेर निन्द्रामै पुग्छ टोईलेट,निन्द्रामै ब्रस गर्छु कपडा लगाउछु र काममा पुग्छु आफ्नो परिचय गुमाएर दिनभर काम गर्छु, मात्र कामदारको रुपमा एबम्म रितले यो नियम लागु भईरहन्छ मेरो जिन्दगीमा, म छु, मेरो काम छ र बाँचेको हुन्छु परदेशमा ५ दिन काम २ दिन छुट्टी गरि मेरो पुरै सप्ताहान्त बित्छ, काम बाहेकका मेरा २ दिन म आफ्नो घर सरसफाई र लताकपडा धुन सुकाउन र पट्याएर थन्काउनमा खर्च गर्छु त्यो दिन म कस्तो आनन्दले निदाउछु मेरो घरको काम सकेको दिन पुरै असारको रोपाइँ सकेको महसुश हुन्छ मलाई मेरो श्रीमान प्राय हरेक विकेन्ड बाहिर हुन्छ, उहा थुप्रै संग संस्थामा आबद्द हुनु हुन्छ, तेसैले पनि हरेक साता कुनै न कुनै मिटिंग, प्रोग्राम र च्यारिटी डिनरहरु परिरहन्छ तर उहा रातको १,२ बजे फर्केपनि समस्या छैन र समाजले पनि देख्दैन उहा ढिलो आएको रातरात बाहिर रहेको किन कि उहा एक पुरुष हो र पुरुषलाई स्वतन्त्र छ हिडडुल गर्न अनि घरमा पनि उहा जति बेला आएपनि खाना रेडी पाकेको हुन्छ, ओछ्यान चित्तिक्क हुन्छ, बाल बच्चाको चिन्ता लिनु पर्दैन भान्सा उज्यालो हुन्छ किन कि म, उहाको श्रीमती घरमा छु बाल बच्चाको आमा घरमा छु, समाजको छोरी बुहारी घरमै छु, सासु ससुराको बुहारी घरमै छु र म यसैमा खुशी र सन्तुस्टी पनि छु मेरो घर संसारमा रमाएकी हुन्छु, श्रीमान दिनभर जहाँ भएपनि साँझ सकुसल घर फर्केको हुन्छ त्यो भन्दा खुशी अरु मलाई केहि चाहिंदैन र चाहेको पनि छुइन सायद !

तर म मेरो देशको कानुनमा मेरो आफ्नो हक अधिकार ३३ पर्सनले पाएको छु, संबिधानमा महिलाको अधिकार सुनिस्चित गरिएको छ, लेख पढ गर्न स्वतन्त्र छ तर म आफैले सब थोक लागु गर्न या अपनाउन सक्दिन किन ? यो प्रस्नको जवाफ सायद मेरो आमा र बोजुले सजिलै देलान् तर, म दिन सक्दिन यसरि चलेको हाम्रो नेपाली समाजमा अझै धेरै समय लाग्छ महिलाले पुरुष सरह बन्न र आफुलाई बनाउन सबै भन्दा पहिलो कुरो त, आफुले आफैलाई परिबर्तन गर्नु सक्नु पर्यो, मनले मान्नु पर्यो घरबार छाडेर पुरुष सरह हिड्न नत्र संविधानले दिउँ कि नदिऊ ? भन्दै लोभिन्दै लोभिन्दै बल्लतल्ल दिएको त्यो ३३ पर्सेन महिला अधिकार पनि महिला आफैले लागु गर्न सक्दैन मेरो बिचारमा ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest