यी हुन् खुलेर हाँस्नुका १४ फाइदा

Tuesday, July 17th, 2018

एजेन्सी – हाँसो आयो भने हामी ब्याक हुन्छौँ । कसैले सुन्छ कि भन्ने डर मान्छौँ । कसैले मजाकमा उडाउला भन्ने सोच्छौँ । अर्को कुरा, हाँस्ने बहाना खोज्दैनौँ । हाँस्नु यस्तो प्राकृतिक विधि हो, जसले हामीलाई शारीरिक रूपमा मात्रै होइन, मानसिक रूपमा समेत स्वस्थ बनाउँछ । खुलेर हाँस्नुका १४ फाइदा यसप्रकार छन् ।

१. सधैँ हाँस्दा ताजा महसुस गराउँछ । स्फूर्ति बढाउँछ । सकारात्मक भावना जागृत गराउँछ ।
२. जब धक खोलेर हाँस्छौँ, तत्कालै केही फाइदा देखिन्छ । जस्तो कि, तपाईंआसपासको वातावरण एवं माहोल रमाइलो बन्छ ।
३. निरन्तर हाँस्दा तनाव नियन्त्रण हुन्छ ।
४. हाँस्ने हो भने शरीरबाट क्यालोरी खर्च हुन्छ । यसले वजन नियन्त्रण गर्न सहयोग पु¥याउँछ ।
५. निरन्तर हाँस्नेहरूमा अल्छीपन आउँदैन । आलस्य हराएर जान्छ ।
६. हाँस्दा शरीरमा रगतको प्रवाह बढ्ने गर्दछ । शरीरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरस नष्ट गरिदिन्छ ।
७. दिल खोलेर एक घन्टा हाँस्दा शरीरको मांसपेशीलाई
बलियो बनाउँछ ।
८. हाँस्दा अनुहारको मांसपेशीमा कसरत हुन्छ ।
९. लगातार हाँस्नेहरूको निधारमा चाउरी पर्दैन ।
१०. खुलेर हाँस्दा मुटुमा रगत र अक्सिजनको प्रवाह राम्रो हुन्छ । मुटु स्वस्थ हुन्छ ।
११. हाँस्नेहरूको मन प्रसन्न हुन्छ । एकैछिनलाई मनभित्रका पीडा र तनाव भाग्छन् ।
१२. हाँस्ने बानीले हृदयाघातको खतरा कम हुन्छ ।
१३. जब हामी धक खोलेर हाँस्छौँ, शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यही अक्सिजनको उपस्थितिले क्यान्सर कोषिका र हानिकारक ब्याक्टेरिया नष्ट हुन्छ । साथसाथै प्रतिरक्षा यन्त्रसमेत
मजबुत हुन्छ ।
१४.  मज्जाले हाँसेपछि शरीरमा स्फूर्ति बढ्छ । सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।

हाँस्ने कसरी
चुट्किला पढ्नुहोस् ।
फन्नी भिडियो अथवा
फिल्म हेर्नुहोस् ।
बच्चाबच्चीसँग रमाइलो गर्नुहोस् ।
साथीभाइसँग ठट्टा गर्नुहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest