युएस बंगला विमान दुर्घटनामा परि ज्यान गुमाउने मृतकको आत्माशान्तिको लागि विश्वशान्ति पदयात्रा गरिने

Tuesday, April 10th, 2018

काठमाडौं : केही समयअघि यूएस बंगला एयर विमान दुर्घटनामा परि ज्यान गुमाएका ५१ जना स्वदेशी तथा विदेशी नागरिकको नाममा विभिन्न बौद्ध धर्मावालम्वी संघ÷संस्थाहरुले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गर्ने भएका हुन् । नमो बुद्ध घ्याङ् गुठी, महिला बौद्ध समुह काठमाडौं, थाङ्गु याङ्चेन गोङपा, सेचेङ गोङ्गा र बौद्ध दर्शन अध्ययन अध्यापन केन्द्रको संयुक्त आयोजनामा सम्पन्न हुने उक्त ‘विश्व शान्ति पद यात्रा–२०७५’ को संयोजक राज्यलक्ष्मी शाक्यले सात कुण्डको जल बोधिसत्व वृक्षारोपण गरेर कार्यक्रमको शूरुवात गरिने जानकारी दिईन् ।

कार्यक्रममा बोधिसत्व वृक्षारोपण गरिने भएको छ , हेलिकप्टरबाट पुष्पवृष्टि गरिने, उक्त कार्यक्रमले मृतकका आफ्न्तलाई सम्बोधन गर्नेछ , मृतकका आफ्न्तहरुले ति वृक्षहरुमा जल चढाएर आत्मशान्तिका लागि कामना गर्न सक्नेछन ।’शाक्यले भनिन ‘हाम्रो मुलुकमा सरकार नभएको जस्तो, पीडितहरुको लागि कुनै वास्ता छैन बंगलादेशमा अध्ययन गरि स्वदेश फर्किने क्रममा दुःखद घटना घट्यो, यस्तो स्थितिमा पनि सरकारले मृतकका आफ्न्तलाई सम्बोधन गर्न सकेको छैन डा.पढेका विद्यार्थीहरुको लक्ष्य र लगानीलाई सरकारले बुझ्नुपर्छ ।’

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest