युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भिर

Tuesday, September 25th, 2018

एउटा एसिड प्रकरण सेलाउन नपाउदै फेरी अर्को एसिण प्रकरण दोहोरिएको छ । कावासोती नगरुपालिका नवलपुरमा २६ वर्षीय एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । उनको भरतपुर अस्पतालमा उपचार भईरहेका छ । डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारलाई तरकारी किनेर फर्किने क्रममा बाटो डुकेर घटना घटाईएको थियो । उनको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ भने छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट समेत लागेको छ । देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको छ अस्पाताल स्रोतले भन्यो । देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ । बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । प्रारम्भीक बयान दिएका विमलले ‘पूर्वसहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएका छन् ।

घटनाको प्रकृति हेर्दा योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको छ । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलको दाबी छ । बसन्तीको भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ । आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest