यौन हिंसा विरुद्धको अभियन्तालाई नोबेल शान्ति पुरस्कार

Friday, October 5th, 2018

 

एजेन्सी – बलात्कारका विरोधीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् । यसवर्षको नोबेल शान्ति पुरस्कार यौन हिंसाको विरुद्ध अभियान चलाएका डेनिस मुकवेगे र नदिया मुरादले संयुक्त रुपमा पाएका छन् । कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुर्व्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस र बलात्कारविरोधी अभियन्ता नदियालाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको हो ।

युद्धका क्रममा बलात्कारलाई हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न भूमिका खेलेको भन्दै उनीहरुलाई नोबेल शान्ति पुरस्कार दिइएको हो । ‘डेनिस मुकवेगे पीडितको रक्षाका लागि पुरै समर्पित भएका छन् । नदिया मुराद यस्तो साक्षी हुन् जसले आफू र अरुमाथि हुने यौन दुर्व्यवहारविरुद्ध आवाज उठाइन् ।’ नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले शुक्रबार नोबेल पुरस्कार घोषणा गर्दै भने ‘उनीहरुको अभियानले युद्धको समयमा यौन दुर्व्यवहारको डरलाग्दो अवस्था रहेको प्रष्ट देखाएको छ ।’

मुकवेगेले आफ्नो युवा उमेरको लामो समय कंगोमा यौन दुर्व्यवहारमा परेकाहरुको उपचार र सहयोगमा बिताएका थिए । उनी र उनको टिमले यस्ता हजारौं पीडितको उपचार गरेको छ । नोबेल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest