रमाइलो गृहकार्य

Tuesday, September 10th, 2019

 घर भनेको पहिलो विद्यालय हो र आमा भनेकी पहिलो शिक्षिका हुन् । बालबालिकाको शैक्षिक विकासको लागि शिक्षिका, बालबालिका र अभिभावकको त्रिकोणात्मक भूमिका हुन्छ ।

 १) शिक्षिका/शिक्षक

२) बालबालिका 

३) अभिभावक 

जसरी त्रिकोण बन्न ३ वटा बराबर धर्काको आवश्यकता पर्छ त्यसरी नै बालबालिकाको शैक्षिक विकासको लागि शिक्षिका, अभिभावक र बालबालिकाको बराबर भुमिकाको आवश्यकता पर्दछ । शिक्षिका, अभिभावक र बालबालिकाले आफ्नो तर्फबाट १००% योगदान दिएमा बानी बाबुहरुको शैक्षिक योग्यता उच्च स्तरमा पुग्दछ । आजभोली बालबालिका तथा अभिभावकलाई नानीबाबुहरुको गृहकार्य गर्न र गराउन निकै कठिन हुने गरेको पाइन्छ । आधुनिक शिक्षा प्रणाली र व्यस्त अभिभावकले समय दिन नसक्नाले बालबालिकाले गृहकार्य गर्नको लागि धेरै कठिनाई भोग्नु परेको छ ।

 गृहकार्य के हो ?

गृहकार्य भनेको नानीबाबुले आफुले विद्यालयमा सिकेका कुरालाई फेरी आफ्नो अभिभावकबाट पुनाबृद्धि गर्ने अवसर हो । गृहकार्यले अभिभावकलाई आफ्नो नानीबाबुले विद्यालयमा के के कसरी सिकेका छन् भन्ने मूल्याङ्कन गर्ने अवसर प्रदान गर्दछ । त्यसैले हरेक अभिभावकले नानीबाबुलाई गृहकार्य गराउँदा त्यसलाई बोझको रुपमा नलिई आफुले विगतमा पढेका पाठलाई स्मरण गर्दै खुसीका साथ गराउनु पर्छ । गृहकार्य गराउने तरिका

१) जसरी विद्यालयमा क्लास रुम रुटिङ् हुन्छ त्यसरी नै घरमा पनि होम रुटिङ् बनाउने र त्यसको पालना गर्ने ।

 २) होम रुटिङ् बनाउँदा बच्चालाई पनि संलग्न गराउने ।

३) गृहकार्य गराउँदा अभिभावकले आफ्नो ध्यान अरु कुरामा नलगाई बच्चा र बच्चाको गृहकार्यमा केन्द्रित गर्ने ।

 ४) बालबालिकालाई गृहकार्य गराउँदा आफ्नो परिवार, देश र संसारका ख्याति प्राप्त व्यक्तिहरुको उदाहरण दिई गृहकार्य गर्न प्रोत्साहन गर्ने ।

५) गृहकार्य किन जरुरी छ भनेर अभिभावकले आफ्नो बालबालिका सँग परामर्श गर्ने ।

६) बालबालिकालाई गृहकार्य गर्न सजिलो होस भनी अभिभावकले आवश्यक वस्तुहरु जस्तै कापी, किताब, कलम आदि तयार गरिदिने ।

 ७) आफ्नो नानीबाबुको कक्षा अनुसार रिफ्रेन्स बुक, पिक्चर, डिक्सनरी, फ्ल्यास कार्ड, लर्निङ् चार्ट आदि बच्चाको कोठामा राख्ने ।

 ८) गृहकार्य गराउँदा उनीहरुको हात नसमाई उनीहरुलाई लेख्न प्रोत्साहन गर्ने । (बिशेषगरी प्रि स्कुलका बच्चहरुलाई )

९) गृहकार्य गरिसकेपछि विभिन्न किसिमका इनाम दिने जस्तै स्टार, ह्याप्पि फेस, क्ल्याप गर्ने, थम्सअप गर्ने ।

१०) प्रोत्साहन गर्दा बजारिय वस्तु जस्तैः चक्लेट, केक, आइसक्रिम, नदिइ माथि उल्लेख बमोजिम इनाम दिने ।

अभिभावकको भूमिका

१) आफ्नो बालबालिकाको शैक्षिक प्रगतिको बारेमा जान्नको लागि निरन्तर सम्बन्धित शिक्षिकासँग जानकारी लिने ।

२) आफ्नो नानीबाबुको दुर्बल पक्षको बारेमा जानकार रहने । आफ्नो नानीबाबुहरुको गृहकार्य सहज गराउनको लागि गृहकार्य समय, ठाउँ र सामाग्री सुलभ बनाइदिने ।

 ३) आफ्नो नानीबाबुले कसरी गृहकार्य गरेका छन् भनेर निरीक्षण गर्ने ।

४) माथि भने बमोजिम विभिन्न तरिकाबाट इनाम तथा बकस प्रदान गर्ने र साथै आफ्नो समस्या समाधान गर्न आत्मनिर्भर बन्न प्रोत्साहन गर्न ।

५) बच्चाले पूरा गरेको गृहकार्यलाई पूर्नावृति गर्ने र क्रस चेक गर्ने ।

 ६) आफ्नो बच्चालाई राम्रो सँग पढाउने ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest