रमाईलो फलेवासको भिडीयो सार्वजनिक (हेर्नुहोस भिडियो यस्तो छ …)

Tuesday, October 9th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ :  फलेवासी गायक सरोज साजन श्रेष्ठको एल्वम एस थ्री रकिङ्ग रोमान्टिक गीत “रमाइलो फलेवास” को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।करिव एक बर्ष अगाडी नै रेकर्ड भएको रमाइलो फलेवास बोलको गितमा श्रेष्ठको आफ्नै मातृभूमि पर्वतको फलेवासमा सुटिङ्ग गरेका छन ।सरोज साजन श्रेष्ठको शब्दमा तयार भएको यस गीतमा कल्याण सिंहको सँगीत रहेको छ भने सँगीत संयोजन साहस शाक्यले गरेका छन तेस्तै चक्र पुलामीको कोरियोग्राफी रहेको भिडियोमा बिनोद श्रेष्ठ, फुलु पुन र सरोज साजन श्रेष्ठको अभिनय रहेको छ । बिरन पुनले छायाँङकन र निर्देशन गरेको भिडियोलाई धौलागिरी अञ्चलको पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका भित्रका रमणीय दृश्यहरु झल्काईएको छ ।
गीतको भिडियो फलेवास भित्र अवस्थित बिभिन्न जात जातीका झाकी,जात्रा, संस्कार र परम्परालाई उजागर गरिएको छ साथै यस गीतले पर्यटन प्रवर्द्धन र फलेवासी जीवन शैली, रहनसहनलाई प्रभाव पार्ने दृष्य झल्काइएको गायक श्रेष्ठ को भनाइ छ ।आफ्नो जन्म स्थान फलेवास भएको कारण पनि गीतको भिडियो फलेवास मा तयार पारिएको गायकको भनाई छ ।रोमाण्टिक गीतहरु मा रुची देखाउने साजनले सांगिंतिक यात्राको सुरुवात भने पापीनी बोलको सेन्टिमेन्टल गीतबाट गरेका थिए ।

(हेर्नुहोस भिडियो यस्तो छ)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest