रविन्द्र आशिष शैलीको ‘शैली’ सार्वजनिक

Saturday, July 14th, 2018

 

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो एकल आधुनिक गीति संग्रह ‘शैली’ सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रमका साथ आशिषको शैली सार्वजनिक भएको हो । पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोईराला (एस.पी.कोईराला), गीतकार रत्न शमशेर थापा, किरण खरेल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेलले गीति संग्रह ‘शैली’को विमोचन गरेका हुन् ।काठमाण्डौ सिनामंगलस्थित ए वान पार्टी प्यालेसमा एक म्यूजिक भिडियो सहित गीति संग्रह ‘शैली’ सार्वजनिक गरिएको हो । ‘शैली’ गीति संग्रहमा कूल ६ वटा गीतहरु समावेश छन् ।

 

संग्रहमा सेन्टिमेन्टल, रोमान्टिक, राष्ट्रिय गीत तथा अहिलेको ट्रेण्डमा रहेको नाँच्ने खालको गीत सहित सबैखाले गीतहरुको सम्मिश्रण भएका कारण स्रोतादर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा धेरै आशावादी रहेको गीतकार रविन्द्रले बताए । गीति संग्रहमा नरेन्द्र प्यासी, नरहरी प्रेमी, सन्तोष श्रेष्ठ र वरिष्ठ संगिकार विनोद पछाईको संगीत सिर्जना रहेको छ भने गीतहरुमा संजीवनी, राज सिग्देल, थुप्तेन भुटिया, बुनु श्रेष्ठ, सहिमा श्रेष्ठ, नारायण बाबु कोईराला, आभाष श्रेष्ठ, शान्ति शर्मा लगायतका गायक गायिकाहरूले स्वर भरेका छन्।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest