रश्मिलाज फेसियल हाउसको १२ औं वार्षिक उत्सब भव्यरुपमा सम्पन्न

Thursday, December 26th, 2019

 चक्र प्रसाद पोख्रेल,

काठमाडौःविगत १२ वर्षदेखी निरन्तर सौन्दर्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रश्मिलाज फेसियल हाउसले आफ्नो १२ औं वार्षिक उत्सब विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । लामो समयदेखी काठमाडौंको सुन्धारास्थीत काठमाडौं मल र नँयावसपार्कस्थीत बिजी मलबाट सेवा दिदै आएको बफेसियल हाउसले बुधबार बसुन्धराको पानस व्याँकेटमा सम्मान र विविध सांस्कृतिक कार्यक्रम सहित वार्षिक उत्सब मनाईएको हो ।

कार्यक्रममा अभिनेत्री, गायक, गायिका, वरिष्ठ ब्युटिसियन, फेशन डिजाईनर, समाजसेवी लगायतलाई सम्मानित गरेको थियो । सौन्दर्य क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ ब्युटिसियन सीता पाठक न्यौपाने, ब्युटी सेक्रेट खिचापोखरीकी वरिष्ठ सौन्दर्यकर्मी सुमित्रा रन्जित, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रवि भवनकी वरिष्ठ सौन्दर्यकर्मी सोनी कारन्जित बिशिष्टसौन्दर्यकर्मी सम्मानबाट सम्मानित गरियो । 

यस्तै सौन्दर्यकर्मी सरु श्रेष्ठ, हेयर स्टाइलिस्ट रायन मंगोलियन सौन्दर्यकर्मी सम्मानबाट सम्मानित भए । यसैगरी कार्यक्रममा कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप अभिनेत्री सरिता लामिछाने, गायक कुलेन्द्र विक, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्लेलाई सम्मान गरियो । यस्तै सञ्चार क्षेत्रबाट सञ्चारकर्मी सविता पोखरेल, व्यवसाय क्षेत्रबाट व्यवसायी वसन्ती अधिकारी, सामाजिक अभियान्ताबाट दीक्षा चापागाईंलाई पनि सम्मानित गरियो ।कार्यक्रमकी प्रमुख अतिथि, राष्ट्रिय सभाकी सांसद एवं गायिका कोमल ओली, नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष एवं नायिका रेजिना उप्रेती, नेपाल चलचित्र निर्देशक समाजकी पूर्व अध्यक्ष सुचित्र श्रेष्ठ, रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ, सो फेसियल हाउसका प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठ लगायतले सो सम्मान प्रदान गरेका हुन् ।

साँसद कोमल ओलीले आफु रश्मिलाज फेसियल हाउसको नियमित ग्रहक भएको र त्यहाँको सेवा प्रशंसनीय रहेको बताइन् । नारीहरू आफैंमा सुन्दर हुने गरे पनि सौन्दर्यकर्मीले अझ सुन्दर बनाउने गरेको सांसद ओलीले बताइन् ।प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठले कार्यक्रममा बोल्दै १२ वर्षमा रश्मिलाज फेसियल हाउसले काठमाडौं मल र बीजी मलबाट सौन्दर्यसम्बन्धी निरन्तर सेवा दिँदै आएको बताए ।सम्मानित श्रष्टा कुलेन्द्रले सालको पात‘जस्तो हिट गीत गाएर दर्शक नचाए। उनलाई स्वरमा सांसद एवं गायिका कोमल ओलीले साथ दिईन् । धु्रर्व बिष्टले पनि केही हिट गीतहरु सुनाएका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest