रश्मिलाज फेसियल हाउसले मनायो एघारौँ वार्षिकोत्सव

Wednesday, December 26th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ः महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो ११ औ वार्षिकोत्सब भब्यताको साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवको अबसरमा ३ जना समाजका चर्चित व्यक्तित्वहरुलाई बिसेष सम्मान गरेको थियो भने अन्य दर्जनौ विशेष व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।प्रमुख अतिथि गीतकाररसाहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर प्रशाद कोइरालाको उपस्थितिमा बरिष्ट सौन्दर्य््िबद डा. राजेश्वरी राज्य लक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता निर्देशक दिपाश्री निरौला, संचारकर्मी सुशील अर्याललाइ बिसेष सम्मान प्रदान गरिएको थियो ।
दर्जनौ वरिष्ट सौन्दर्य््िबदहरु, चर्चित कलाकारहरु, पत्रकारहरु तथा समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्ने अग्रज व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । बिगत ११ वर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले फेसियल हाउसको बारेमा प्रस्ट््याउदै ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको जानकारी दिए ।ग्राहकहरुको बिस्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दा नै एघारौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा श्रेष्ठले उक्त अबसरमा बताए ।नेपालमा मात्र नभएर चाडैनै अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ब्रान्च खोल्न लागिएको र यसले गर्दा नँया नँया प्रविधिहरु नेपालमा भित्र्याउन सकिने जसले गर्दा राष्मिलाज फेसियल हाउसमा सेवा लिने ग्राहकहरुले अन्तराष्ट्रिय स्तरको सेवा लिन सक्ने कुरा रश्मिलाज फेसियल हाउसकी संचालिका रश्मिला श्रेष्ठले बताइन।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest