राप्ती म्युजिक अवार्ड २०७४ सम्पन्न, गायिका तथा मोडल सिर्जुले पाईन उपाधि

Sunday, April 15th, 2018

काठमाडो – राप्ती समाज काठमाडौँले आयोजना गरेको म्युजिक अवार्ड मोडल तथा गायिका सिर्जु अधिकारीले हात पारेकी छन् । छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ हरेक वर्षझैं यस वर्ष पनि सम्पन्न भएको हो । म्युजिक अवार्डका लागि विभिन्न विधाहरु म्युजिक अवार्ड वितरण गरेको थियो ।

समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । सो अवसरमा यस बर्षको बहुमुखी प्रतिभा अवार्ड लोकप्रिय चर्चित गायिका सिर्जु अधिकारीले हात परेकी हुन् । उनको प्यारा प्यारा बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ ।

गायन क्षेत्रमा विगत एक दशक देखि अलग पहिचान भिन्न प्रस्तुती दिन सफल गायिका अधिकारीका पछिल्ला समयका हरेक गीत आम स्रोता माझ लोकप्रिय छन् । गायनसगैँ मोडलिगंमा समेत रुची राख्ने अधिकारीले झण्डै ३ दर्जन बढी गित गईसकेकी छिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest