राष्टपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित

Tuesday, March 13th, 2018

चक्र प्रसाद पोख्रेल
काठमाण्डौःपहिलो पटक २०७२ कार्तिक ११ गते मुलुककै प्रमुख पदमा निर्वा्चित एमालेकी तात्कालिन उपाध्यक्ष विद्यादेवी भण्डारी पुनः नेपालको राष्टपतिमा निर्वाचित भएकी छन । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भण्डारी दोस्रो कार्यकालका लागि निर्वा्चित भएकी हुन । कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईलाई भारी मतान्तरमा पराजित गर्दै भण्डारी पाँच वर्षे कार्यकालका लागि निर्वा्चित भएकी हुन । भण्डारीले कुल खसेको ८ सय ६२ मतमध्ये ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपतिकी प्रत्यासी राईले भने ११ हजार ७ सय ३० मत पाएकी छन। भण्डारीको पक्षमा प्रतिनिधि र राष्ट्रिय सभाका २ सय ४५ तथा प्रदेशसभाका ४ सय १५ जनाले मतदान गरेका थिए । यस्तै राईलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाका ७८ तथा प्रदेशसभाका १ सय १६ जना सांसदले मतदान गरेको निर्वाचत कार्यालयले जनाएको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद तथा प्रदेशसभाका ८ सय ८० मतदाता थिए । संघीय संसदका ३ सय ३१ मध्ये ३ सय २६ र प्रदेश सभाका ५ सय ४९ मध्ये ५ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान प्रक्रियामा १८ जना अनुपस्थित रहे भने संघीय संसदका ३ र प्रदेश संसदका ५ जनाको मत बदर भएको थियो । मतदानमा संघीय संसदका सदस्य नयाँ शक्तिका बाबुराम भट्टराई, कांग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टीका रेशम चौधरी र रमेशप्रसाद यादव तथा नेमकिपाका प्रेम सुवाल अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै प्रदेशका १३ सांसदले मतदान गरेनन् । नयाँ शक्ति र नेमकिपाले राष्ट्रपति निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका हुन् । २०७२ साल असोजमा संविधान जारी भएपछि राष्ट्रपतिमा निर्वा्चित भण्डारीले पहिलो कार्यकाल भने झण्डै दुई वर्ष ५ महिना मात्र रहेको थियो । २०१८ साल असार ५ गते भोजपुरमा जन्मिएकी भण्डारी एमालेका तत्कालिन महासचिव मदन भण्डारीकी पत्नी समेत हुन । २०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्री भएकी भण्डारी २०६६ सालमा रक्षमन्त्री भएकी थिइन । मुलुककै पहिलो महिला रक्षामन्त्री बनेकी भण्डारी पहिलो महिला राष्ट्रपति मात्र हैन दुई कार्यकाल राष्ट्रपतिमा निर्वा्चित हुने पहिलो व्यक्ति समेत भएकी छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest