राष्ट्रपतिद्धारा रानीपोखरी र दरबार हाई स्कुलको उद्घाटन

Wednesday, October 21st, 2020

राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गरेकी छिन् । रानीपोखरीमा रहेको ताम्रपत्र अनावरण गरेर राष्ट्रपति भण्डारीले रानीपोखरीको औपचारिक उद्घघाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।
यस अघि रानी पोखरीमा नेपाल र भारतमा रहेका विभिन्न तिर्थस्थल, कुण्ड र नदीहरुबाट ल्याइएको जल मिसाइएको थियो । रानी पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पनि पुनःनिर्माणको काम सकिएको छ । राष्ट्रपति र प्रधानमन्त्री द्धारा रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा प्रतिस्थापन गरिएको थियो

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति पुगेका संरचनाहरुको बलियो र राम्रोसँग पुननिर्माण गर्ने अठोट गरेको र यो पुरा भएकोमा खुशी व्यक्त गर्नका साथैे पुननिर्माणको बाँकी काम पनि छिट्टै पुरा हुने विश्वास व्यक्त गरिन् ।
साथै पुननिर्माण हुँदै गरेको धरहरा र रानीपोखरीको वृहत गुरुयोजनाले पर्यटकहरुको आकर्षण बढाउने विश्वास रहेको व्यक्त गरिन् भने राष्ट्रपति भण्डारीले दरबार हाई स्कुलले र्पुयाएको योगदानको चर्चा पनि गरिन् ।
मौलिक मल्लकालिन शैलीमा नै यो मन्दिरको पुनः निर्माण गरिएको छ । २०७२ सालको भूकम्पपछि यो मन्दिर सर्वसाधरणका लागि बन्द गरिएको थियो भने यो मन्दिरमा दशैँको टीकामा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest