राष्ट्रपति भण्डारी चिनको लागि प्रस्थान

Wednesday, April 24th, 2019

 


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार बिहान ११ बजेको उडानमा चीनका लागि प्रस्थान गरेकी छन् । आफ्नो चिनियाँ समकक्षी सी चीनफिङ्गको निमन्त्रणमा बुधबार चीनको राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी प्रस्थान गरेकी हुन् ।
भ्रमणका क्रममा उनले बेइजिङ्गमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुनेछिन् भने उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी आफ्नो चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछिन् । उहाँले अन्तराष्ट्रिय फलफूल प्रदर्शनीको उद्घघाटन समारोहमा सहभागी हुनेछिन् भने त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।


भण्डारीलाई बिदाई गर्न विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्ति पुगेका थिए । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । यो पटक राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट पनि फेरिएको छ ।

काठमाडौँ उपत्यकाको सवारी जाम हुने तथा सर्वसाधारणले हैरानी बेहोर्नुपरेको जनगुनासो बढेपछि राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरिएको जनाइएको छ । परिवर्तित सवारी रुट शीतलनिवास, शिवपुरी स्कुल, वालुवाटार, भाटभटे्नी लोत्से, रातोपुल, गौशाला हुँदै एयरपोर्ट पुग्ने व्यवस्था गरिएको हो । राजकीय भ्रमणका लागि परिवर्तिन रुट छोटो हुनुका साथै सर्वसाधारणको सवारी चाप कम हुने स्थानमा पर्दछ । पछिल्लो सवारी रुटका कारण चाबहिल र गौशाला क्षेत्रमा भने केहीबेर सवारी प्रभावित भएको थियो । उनी बैसाख १९ गते नेपाल फर्कनेछिन् ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest