राष्ट्रिय पारा पौडी प्रतियोगिता सम्पन्न

Friday, June 22nd, 2018

 

जीवन तामाङ
काठमाण्डौ ः राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको समन्वय र व्यवस्थापनमा प्रथम राष्ट्रिय पारा पौडी प्रतियोगिता काठमाण्डौमा सम्पन्न भएको छ । पारा खेलको पनि राष्ट्रिय प्रतियोगिता भएकोमा खेलाडीहरु उत्साहित भएका छन् ।
चार समुहमा विभाजित उक्त प्रतियोगितामा १५ जना खेलाडीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा महिला स्पाइनल इन्जुरी ५० मिटर फ्रि स्टाइल तर्फ लक्ष्मी कुवर प्रथम भएकी छिन्, उनले एक मिनेट ११ सेकेन्डमा निर्धा्रित दूरी पुरा गरेकी थिइन् भने जेनिसा कडायतले एक मिनेट तेह् सेकेन्डमा निर्धा्रित दूरी पुरा गरि दोश्रो स्थान हासिल गर्न सफल भइन् । सीता के.सीले तृतीय स्थान हासिल गरिन् ।त्यसै गरि महिला तर्फकै इम्पुटी २५ मीटर फ्रि स्टाइल तर्फ सरिता थुलुङ्गले प्रथम स्थान हासिल गरेकी छिन्, उनले २३ सेकेन्डमा निर्धा्रित दूरी पुरा गरेकी थिइन् भने क्रमशः पार्वती खत्री द्धितिय, हेमकुमारी राईले तृतीय स्थान हासिल गरेकी छिन् ।

स्पाइनल इन्जुरी ५० मिटर फ्रि स्टाइल तर्फ ५१ सेकेन्डमा निर्धा्रित दूरी पुरा गरि अकल बहादुर तामाङ्गले प्रथम स्थान हासिल गरेका छन् भने दिपक तामाङ्ग र राम तामाङ्ग क्रमशः द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । इम्पुटी ५० मिटर फ्रि स्टाइल तर्फ ३० सेकेन्डमा निर्धा्रित दूरी पुरा गरि भीम बहादुर कुमालले प्रथम स्थान हासिल गरेका छन् भने जंग बहादुर रुचाल र रमेश खत्री क्रमशः द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
राष्ट्रिय पारा पौडी संघ नेपाल ले प्रथम स्थान हासिल गर्ने खेलाडीलाई स्वर्णपदक सहित प्रमाणपत्र र नगद रु. पाँच हजार, द्धितिय हुने खेलाडीलाई रगत पदक, प्रमाणपत्र र नगद रु. तीन हजार तथा तृतीय हुनेलाई काँस्य पदक, प्रमाणपत्र र नगद रु. दुई हजारले सम्मानित गरिएको तथा राष्ट्रिय प्रतियोगिताका विजेताहरुलाई आगामी अक्टोवर महिनामा इन्डोनेशियामा हुने एशियन खेलकुदमा सहभागी गराउन पहल गरिने महासचिव हरिराम पौडेलले बताए । कार्यक्रममा नेपालको एक मात्र पारा पौडी ओलम्पियन तथा राष्ट्रिय पारा पौडी संघ नेपाल कि खेलाडी लक्ष्मी कुवरलाई सम्मान तथा प्रोत्साहन स्वरुप नगद रु. ५००० तथा स्विमिङ्ग सामाग्री प्रदान गरिएको थियो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा जापानिज राजदूतावास कि कल्चर सेक्रेटरी मिस चिसाको निशितानी विशिष्ट अतिथि रहेकी थिइन् भने विशेष अतिथिहरुमा राष्ट्रिय खेलकुद परिषद, योजना तथा प्रतियोगिता शाखाका प्रशासकीय अधिकृत सारङ्गिन निरौला, नेपाल पारालम्पिक कमिटीमा महासचिव कुमार पौडेल, नेपाल पारालम्पिक कमिटी, राखेप प्रतिनिधि रमेश लामा, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य उदय बहादुर लिम्वु, ह्यापी साइन्स नेपालका प्रतिनिधि जगदीशमान जोशी, पिस क्लव, जोरपाटीका सरोज पुडासैनी, सक्षम फाउन्डेशन कि प्रतिनिधि अमृता ज्ञावली, स्वीटजरल्याण्ड कि स्वयंसेवी मिस रामुना रहेका थिए ।

राष्ट्रिय पारा पौडी संघ नेपाल का अध्यक्ष सरोज श्रेष्ठको सभापतित्वमा आयोजित उक्त प्रतियोगितामा बोल्दै राष्ट्रिय खेलकुद् परिषदका सदस्य सचिव केशव कुमार विष्टले अपाङ्गता भएका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा आफ्नो ख्याति कायम राख्न सफल हुन् भन्ने उद्देश्यले विभिन्न खालका अपाङ्गता भएका खेलाडीहरुका लागी विभिन्न खेलहरुको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको बताए । त्यसै गरि जापानिज राजदूतावास कि कल्चर सेक्रेटरी मिस चिसाको निशितानीले आफ्नो शुभकामना मन्तव्यमा खेलाडीहरुको साहसीपनको खुलेर प्रशंसा गर्दै अझै सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।
राष्ट्रिय पारा पौडी संघ नेपाल ले नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्रा्ष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता हुने अवसरहरुको खोजी गरी सवै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शाररीक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउदै आएको संस्थाका महासचिव हरिराम पौडेलले बताए ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest