रेखा थापाको चलचित्र मालिकाको पहिलो गीत ‘हल्का माया के माया‘’ रिलिज

Tuesday, July 17th, 2018

 

नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने‘’ बोलको गीत रिलिज भएको छ । चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ । केटीको केटासँग होइन देशसँगको प्रेम छ ।’ निर्माता कार्कीले भने । स्वयम निर्माता तथा स्कृप्ट राइटर कार्कीकै शब्दमा रहेको गीतको संगीत सुरेश अधिकारीको रहेको छ भने स्वर अन्जु पन्तको छ ।

नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व(पश्चिम रेलको परिकल्पना गरिएको छ । चलचित्र मालिका लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest