रेडियन्ट इभेन्ट म्यानेजमेन्टले भब्य रुपमा फेसन युनाइटस् फेसन–शो गर्दै

Tuesday, April 3rd, 2018

अनुराधा तिमिल्सिना ,
काठमाडौ २० ,चैत्र ःकेहि वर्ष अघिदेखी नेपालका विभिन्न ठाउँमा इभेन्ट म्यानेजमेन्ट गर्दै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा यही चैत्र २३ गते शुक्रबारका दिन काठमाडौको थापाथलीमा रहेको ब्लु–स्टार होटलमा भब्य फेसन युनाइटस हुने भएको छ । नेपालका व्यावसायिक फेसनेबल मोडलहरुको चर्को प्रतिस्पर्धाका साथमा हुन गैरहेको यस फेसन–शोको नाम नै फेसन युनाइटस् राखिएको जानकारी आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर डाइरेक्टर समेत रहेका कोरियोग्राफर राज फैंजुले दिएका छन्।
एस म्याम बुटिकको संयोजनमा हुने फेसन युनाइटस्मा २४ जना व्यावसायिक नेपाली मोडलहरुले फेसन–शो गर्ने छन ।ब्राइडल लेहेङ्गा, गाउन फ्युजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पदमावती, जडाजी डिजाइन, समर पार्टीवेयर, क्याजुयल लगायतका आकर्षक पहिरनहरुमा ती मोडलहरुले आकर्षक क्याटवाक गर्ने भएका छन ।
श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णका फेसन डिजाइनहरु रहनेछन ।दुई दशकदेखि इभेन्ट म्यानेजमेन्टमा कोरियोग्राफी गर्दैआएका नेपालका प्रसिद्ध मोडल तथा कोरियोग्राफर राज फैंजुको कोरियोग्राफीमा ती मोडलहरुले क्याटवाक गर्न लागेका हुन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest