रेसिपी दशैमा मासुका परिकार

Wednesday, October 17th, 2018

खसीको छोइला
सामाग्री
खसीको फिलाको फल मासु एक केजी, सुकेको खुर्सानीको धुलो दुई चम्चा, बेसार एक चम्चा, तोरीको तेल चार चम्चा, जिराको धूलो एक चम्चा, धनियाँको धूलो एक चम्चा, लसुनको लेदो एक चम्चा, अदुवाको लेदो दुई चम्चा, हरियो लसुन दुइ मुठा, हरियो धनियाँ दुई मुठा, नुन स्वादअनुसार ।

विधि
सबैभन्दा पहिले मासुलाई पाक्ने गरी पोल्ने । त्यसपछि स–साना टुक्रा बनाउने । त्यसपछि सबै मसला हालेर तोरीको तेलमा मोल्ने । अन्त्यमा हरियो लसुन र हरियो धनियाँ हालेर फेरि मोल्ने । त्यसपछि स्न्याक्सका रूपमा सर्भ गर्ने ।

सिन्का मटन
सामाग्री
कागती, फिटकिरी, भेनेगर, दुध, चिनी, छेना छान्ने कपडा, मैदा वा आरारोट र बेकिङ् पाउडर ।

विधि
सबैभन्दा पहिले मासुलाई स–साना टुक्रामा काट्ने, त्यसपछि त्यसमा सबै मसला मिसाएर मोल्ने र एउटा सिन्कामा दुई वा तीन टुक्रा उन्ने र तेल तताएर सुख्खा तार्ने । मासु रातो भएपछि निकालेर स्न्याक्सका रूपमा सर्भ गर्ने । दशैमा परिवारसँग बसेर खान स्वादसँगै रमाइलो पनि हुन्छ ।
खसीको टाउको तारेको
सामाग्री
एउटा खसीको टाउको, सुकेको खुर्सानीको धूलो आधा चम्चा, बेसार एक चिम्टी, तेल चार चम्चा, जिरा धुलो आधा चम्चा, धनियाँको धुलो आधा चम्चा, लसुनको लेदो आधा चम्चा, अदुवाको लेदो आधा चम्चा प्याज एक पाउ, गोलभेंडा एक पाउ, हरियो धनियाँ एक मुठा, नुन स्वादअनुसार ।
विधि
सबैभन्दा पहिले खसीको टाउको फोडेर गिदी निकाली जिब्रोसहित पाक्ने गरी उसिन्ने । राम्रोसँग पाकेपछि हाड निकालेर स–साना टुक्रा बनाउने । त्यसपछि कराहीमा तेल तताएर एकछिन भुट्ने । मासु भुटिएपछि मसला हाल्ने । पाक्ने बेलामा मसिनो गरी काटेको प्याज, गोलभेंडा र हरियो धनियाँ हाल्ने । त्यसपछि एकछिन चलाइ निकाल्ने । यसलाई स्न्याक्सका रूपमा सर्भ गर्न सकिन्छ ।
चिकेन सिजलर
सामाग्री
हड्डी नभएको कुखुराको मासु २०० ग्राम, मरिचको धुलो एक चिम्टी, नून स्वादअनुसार, ओस्टर सस एक चम्चा, खैरो सस १५० मिलिलिटर फिंगर चिप्स १०० ग्राम स्लाइस काटेको च्याउ ५० ग्राम, मसिनो गरी काटेको सेलरी २० ग्राम, मसिनो गरी काटेको प्याज १०० ग्राम, रातो रक्सी १०० मिलिलिटर, मसिनो गरी काटेको लसुन एक चम्चा
विधि
सबैभन्दा पहिले कुखुराको खुट्टाको मासुबाट हड्डी निकाल्ने । त्यसपछि नुन, मरिचको धुलो र सस राखेर मोल्ने । राम्रोसँग मोलिसकेपछि चिकेनलाई ग्रील गर्ने । सिजलरका लागि प्यानमा वटर राखेर मसिनो गरी काटेको प्याज, सेलरी तथा लसुनलाई खैरो हुनेगरी पकाउनुपर्छ । काटेर राखेको च्याउलाई मजाले पकाउने अनि सस, नुन र मरिचको धुलो राख्ने ।
कुखुराको सिजलरलाई ससमा राखेर पकाउने र सिजलर प्यानलाई राम्रोसँग तताउने । यति गरिसकेपछि उमालेर राखेको भेजिटेवल, रोष्ट र आलु चिप्स तयार गर्ने । तताएर राखेको प्यानलाई काठको भाँडामा राख्ने । साईडमा उमालेर राखेको भेजिटेवल, पिंगर चिप्स् र वीचमा वीचमा सिजलर राखेर माथिबाट सिजलरको सस राख्नुपर्छ । अन्त्यमा रातो रक्सी राखेर आगो वाली सर्भ गर्न सकिन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest