रेसिपी (मटर पनिर,सी मःम,स्वादिलो पोर्क रोष्ट,पोर्क चिल्ली_

Sunday, February 10th, 2019

  मटर पनिर
सामाग्री
पाँचसय ग्राम पनिर, एक सय पचास ग्राम मटर कोसा, तीनवटा प्याज, चारवटा अदुवा, लसुनको पेस्ट, एक चम्चा गरम मसला, बेसार, नुन स्वादअनुसार, एक सानो चम्चा खुर्सानीको धुलो ।

विधि
पनिरलाई क्यूब आकारमा काटेर रातो बनाइ फ्राइ गर्ने, अनि पनिरलाई केही समय तातो पानीमा डुबाएर राख्ने । मटर कोसालाई उसिनेर एउटा सफा भाँडोमा राख्ने । तेल तताएर मेथी फुराउने । त्यसमा प्याज हालेर रातो हुन्जेल भुट्ने । त्यसपछि बेसार, नुन, खुर्सानी, गरम मसला, अदुवा लसुनको पेस्ट, कसौडीमा हाल्ने । एकछिन भुटेपछि गोलभेंडा र धनियाँ हालेर केही समय चलाउने । एकछिनपछि मटरकोसा राखेर केही समय भुट्ने । रातो भएपछि पनिर हालेर पाँच मिनेट जति पकाउने । यो तयार मटर पनिरलाई खानासँग खान सकिन्छ ।
सी मःम
सामाग्री
मःम १०÷२० पीस (भेज, मटन, चिकेन, बफ जुन लिँदा पनि हुन्छ),काटिएको प्याज १०० ग्राम
काटेको भेँडे खुर्सानी २०० ग्राम, काटेको गोलभेंडा १५० ग्राम, काटेको हरियो खुर्सानी २,३ वटा, रातो खुर्सानीको धुलो आधा चम्चा, टमाटो सस २,३ चम्चा, सोया सस २,३ चम्चा, मरिचको धुलो अलिकति, नून स्वादअनुसार, काटेको लसुन २ चम्चा र तेल
विधि
मधुरो आगोमा कराही वा प्यानमा तेल तताउनुस् । बनाइसकेको मःमलाई दुबैतिर सुनौलो नहुन्जेल भुट्नुस् । पछि तेल सोस्ने कागजमा राख्नुस् । अब एउटा प्यानमा तेल हालेर मधुरो आगोमा तताउनुहोस् । अब त्यसमा हरियो खुर्सानी र लसुनका पोटीहरू, प्याज, भेँडे खुर्सानी हालेर दुइ मिनेटसम्म भुट्नुस् ।
अब त्यस मिश्रणमा नून, रातो खुर्सानीको धुलो, मरिचको धुलो, टोमाटो सस र सोया सस राखेर राम्ररी चलाउनुहोस् । गोलभेंडा चाहिँ राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ । अब यसमा अघि फ्राइ गरेको मःम राखेर पाँच मिनेटसम्म पकाउनुस् । चिल्ली मःम तयार भयो । मःमलाई झिकेर प्लेटमा राख्नुहोस् र तात्तातो खानुहोस् ।
स्वादिलो पोर्क रोष्ट
सामाग्री
पोर्क फिला एक केजी, सोया सस दुइ चम्चा, लसुन पोटी २० वटा, भटमास तेल एक चम्चा, धूलो खुर्सानी तीन चम्चा, मरिच आधा चम्चा तथा नुन स्वादअनुसार ।
विधि
फिलालाई राम्रोसँग पखालेर सोया सस दल्ने । दुइवटा लसुन मासुलाई घोच्दै भित्र गाड्दै जाने । अब सोया सस, भटमासको तेल, खुर्सानीको धूलो तथा मरिचले दायाँ–बायाँ दलेर राख्ने । प्रेसर कुकरमा एक कप पानी र नुन हालेर तयारी फिला राख्ने । सिठी लगाएपछि सानो आँचमा १० मिनेटजति पकाउने । सिठी खोलेर माथिबाट कागतीको रस हालिदिने । पोर्कलाई निकालेर स्लाइस आकारमा काटेर सेतो प्लेटमा राख्ने र माथिबाट प्रेसरकुकरमा रहेको ग्रेभी खन्याइदिने । यो पोर्क रोस्ट निकै स्वादिलो हुन्छ ।

पोर्क चिल्ली
सामाग्री
पोर्कको बेलीको भाग आधा केजी, टिम्मुर आधा चम्चा, खुर्सानीको पेस्ट एक चम्चा, चामलको पीठो तथा कर्नफ्लोर एक चम्चा, ओस्टर सस एक चम्चा, क्याप्सिकन एउटा, गोलभेंडा एउटा, प्याज एउटा र तीलको तेल दुइ चम्चा ।
विधि
पोर्कको बेली पार्टलाई स्लाइस गरी काटेर त्यसमा टिम्मुर, खुर्सानीको पेस्ट, चामल तथा कर्नफ्लोर हालेर मोल्ने । मोलिसकेपछि त्यसलाई डीप फ्राइ गरेर अलग्गै राख्ने । प्यानमा थोरै तेल हाली खुर्सानीको पेस्ट, ओस्टर सस, क्याप्सिकन, गोलभेंडा तथा प्याज साथै राखेर डीप फ्राई पोर्कका साथ एकछिन पकाउने । पाकिसकेपछि माथिबाट तीलको तेल हाल्ने । यो परिकारलाई स्न्याक्सकारूपमा खान सकिन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest