रोमान्टिक गीतमा फिट हुन्छु

Tuesday, January 29th, 2019

दिपा लामा,

गायिका

 

फ्यानहरुले कत्तिको पछ्याउनु हुन्छ ?
म खासै अन्तवार्ता र बाहिरी दुनियाँबाट टाढा रहने भएकाले खासै पछ्याउदैनन् ।
सामाजिक सञ्जाल कत्तिको चलाउनु हुन्छ ?
सामाजिक सञ्जालमा म क्रियाशिल नै रहन्छु ।
सामाजिक सञ्जालमा आउने म्यासेजहरुको जवाफ दिने गर्नुभएको छ कि छैन ?
समयले भ्याएसम्म दिने गर्छु ।
धेरै फोन आउँदा खुशी लाग्छ कि दिक्क लाग्छ ?
कहिले खुशि कहिले दिक्क, मुडमा र कस्तो फोन हो त्यसमा भर पर्छ ।
फ्यानहरुले तपाईंको के कुराको धेरै प्रशंसा गर्छन् ?
मैले प्रशंसा पाउने मेरो स्वरको नै हो ।
कस्ता प्रतिक्रियाले तपाईलाई प्रभावित बनाउछ ?
प्रतिक्रिया जस्तोसुकै होस् खुसी लाग्छ । कमजोरी औल्याईएको छ भने थप जिम्मेवारबोध हुन्छ ।
प्रेम प्रस्ताव कत्तिको आउछन् ?
खासै आउदैन ।
कुन गीतले आफुलाई चिनायो जस्तो लाग्छ ?
चलचित्र विरविक्रमको सारे सारे जसले मलाई गायिका भनेर चिनायो ।
आफ्नो गीतको यूट्यूव कमेन्ट पढ्नु हुन्छ ?
पढ्ने गरेको छु ।
गायिकाहरु पनि फिट रहनु पर्छ भनिन्छ तपाई आफुलाई कसरी फिट राख्नु हुन्छ ?
सत्य हो, बाहिर देखाउन मात्रै नभएर आफ्नो स्वास्थ्यको लागि भए पनि फिट रहनु पर्छ म आफु पनि फिट रहने कोसिस गर्छु ।
जाडो मौसममा कत्तिको असर पर्छ फेसेनेबल बन्नलाई ?
विषेश गरी स्टेज कार्यक्रमहरुको लागि पनि फेसन फलो गर्ने पर्ने हुन्छ, जाडो महिनामा अलि असहज हुन्छ ।
फुर्सदको समय कसरी विताउनु हुन्छ ?
नयाँ नयाँ गीतहरु सुन्छु ।
आफ्नो आईडल कस्लाई लिनुहुन्छ ?
अन्जु पन्त । म उहाँको स्वरबाट प्रभावित भएर यहाँ सम्म आएको व्यक्ति हुँ ।
आफुलाई कस्तो गायिका भन्न रुचाउनुहुन्छ ?
रोमान्टिक गीतमा स्वर फिटहुन्छ मेरो ।
प्रेमको अनुभव ?
टिनएज हुँदा थियो । बुझ्ने भएपछि छुट्यो ।
सुन्दरताको राज ?
खुसी र सन्तुष्टिले नै होला सुन्दर भएको ।
हुनेवाला श्रीमान् कस्तो होस् भन्ने चाहानुहुन्छ ?
मेरो फिल्डलाई बुझ्ने र एकअर्काको भावना बुझ्ने खालको ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest