रोल्पामा व्यूटिसियनको एकदिने सेमिनार

Wednesday, June 26th, 2019


रोल्पामा पहिलो पटक छोटो अवधिको व्यूटिसियनको बेसिक तालिम सम्पन्न सँगै एकदिने सेमिनार सम्पन्न भएको छ । जुन पहिलो पटक रोल्पाको लिवाङ्गमा सम्पन्न भएको हो । तालिमको लागि प्रोत्साहन व्यूटि पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर काठमाण्डौ नख्खुबाट रेनु राना मगर र शितल व्यूटि पार्लर एण्ड टे«निङ्ग सेन्टर कलंकी बाट कमला लामिछाने रोल्पाको लिवाङ्ग पुगेका थिए । कार्यक्रममा वायोव्यूटि लण्डनले नियमित स्किन केयरको लागि चाहिने प्रोडक्ट र फेसियलको बारेमा डेमोस्ट्रेसन गरेको थियो ।

दुइसय पचास भन्दा बढीको सहभागिता रहेको उक्त एकदिने व्यूटि सेमिनारलाई व्यूटिसियन रेनु राना मगर र कमला लामिछानेले आयोजना गरेका थिए । जसमा असी जनाले तालिम लिएका थिए भने बीस जनाले पार्लर सञ्चालन गर्ने उदेश्यका साथ अहिले एडभान्स तालिम लिइरहेका छन् ।

रेनु भन्छिन् यसरी ग्रामिण भेगका महिलालाई आफुले त्यहाँ पुगेर सिप सिकाउन पाउदा निकै खुशि भएको छु । कार्यक्रममा रोल्पा लिवाङ्गका नगरपालिका प्रमुख, उप प्रमुख, रोल्पा पोलिटेक्निक इन्सिच्यूटका प्रोफेसर, उद्योग बाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest