रोशिका निरौलाले हात पारिन “टिन प्रिन्सेज डिभा२०१८” को उपाधी

Tuesday, May 8th, 2018

-चक्र प्रसाद पोख्रेल,

काठमाडौं : विगत लामो समय देखी विभिन्न इभेन्टहरु गर्दै आएको रेडियन्ट इभेन्ट म्यानेजमेन्टले फेरी तेश्रो “टिन प्रिन्सेज डिभा २०१८ ” को आयोजना सम्पन्न गरेकाने छ ।जुन प्रतियोगिताको उपाधि रोसिका निरौलाले हात पारेकी छिन भने बेस्ट ड्रेसको पुरस्कार समेत निरौलाले नै जितेकी हुन्।१३ देखि १५ वर्ष उमेर समूहको टिन प्रिन्सेज डिभा २०१८ प्रतियोगीतामा महिमा बज्राचार्य दोश्रो स्थानमा परीन् । प्रतियोगीतामा बज्राचार्यले बेस्ट ट्यालेन्टको अवार्ड समेत जितेकी थिइन् भने आइसा राईले तेश्रो स्थान हात पार्न सफल भइन्।जम्मा १० जना प्रतियोगीहरु सहभागीता रहेको टिन प्रिन्सेज डिभामा उपाधीको साथै फोटोजेनिक, ब्यूटिफुल स्माइल, इनर्जे्टिक लगायत विभिन्न विधामा समेत प्रतियोगीहरु पुरस्कृत भएका थिए ।

त्यसैगरी अर्को आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज २०१८ कार्यक्रम पनि सम्पन्न भएको छ । यस वर्षको लिटिल प्रिन्सेजको उपाधी सुप्रिया महर्जनले जितेकी छिन् भने व्वाइजतर्फ लिटिल प्रिन्सको उपाधी नमन मित्तलले जितेका छन् ।
त्यस्तै लिटिल प्रिन्स एन्ड प्रिन्सेज अन्तर्गतको लिटिल प्रिन्सेजतर्फ दोश्रो स्थानमा प्राप्या पोखरेल र तेश्रो स्थानमा प्राश्ना गिरीले हात पार्न सफल भएकी थिइन् भने लिटिल प्रिन्सतर्फ सुसान्त सुवेदी दोश्रो र जेनिस श्रेष्ठ तेश्रो स्थानमा पर्न सफल भएका थिए ।प्रतियोगीतामा बेस्ट ट्यालेन्टको साथमा बेस्ट ड्रेसको पुरस्कार प्राप्तिका तामाङले प्राप्त गरिन भने बेस्ट फोटोजेनिक, इनर्जे्टिक, डिसिप्लिन, चार्मिङ, बेस्ट वाल्क, भ्यूअर्स च्वाइस लगायत विभिन्न २२ विधामा समेत पुरस्कृत गरीएको थियो । यस प्रतियोगीतामा ९ देखि १२ वर्ष उमेर समूहका २१ वालवालिकाहरुको सहभागीता थियो ।

आठौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज र तेश्रो टिन प्रिन्सेज डिभाको निर्णायक मण्डलमा चलचित्र अभिनेता एवम् निर्माता नवल खड्का, वरिष्ठ गायक पुन्यम प्रधान, सिताराम पोखरेल, समीर हमाल, पुनम भट्ट र पत्रकार निलिमा श्रेष्ठ मास्के रहेका थिए ।यसरी भव्यरुपमा सम्पन्न कार्यक्रमको कोरीयोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउण्डर तथा इन्टरनेशनल कोरीयोग्राफर राज फैंजुले गरेका थिए ।त्यस्तैगरी कार्यक्रममा वरिष्ठ फेशन मोडल तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक श्रीषा वैदार फैजु र एसम्याम बुटिककी सञ्चालक एनी तण्डुकारको ड्रेस डिजाइनिङ रहेको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest