रौतहटमा किशोरीको सामूहिक बलात्कार

Tuesday, October 23rd, 2018

चक्र प्रसाद पोख्रेल,
रौतहट ः रौतहटको गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएकी छन । पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् । दशैंको अवसरमा मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार भएको थियो ।
आइतबार राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर र्पुयाइदिने भन्दै नहरको डिलमा र्पुयाएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् । त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् ।घटनामा संलग्न रहेका तीनै जना फरार छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जानकारी दिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest