लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

Sunday, March 29th, 2020

काठमाडौं :सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest