लघुकथा – “आमाको मन”

Sunday, January 17th, 2021


आज छोरा/छोरी होस्टेलबाट घर आउने दिन।आमाले दाल,भात,तरकारी,मासु,घ्यु,दुध,दही सबै थोक तयार गरेर राखिन्।आमाको मन आफ्ना नानी/बाबुले होस्टेलमा भनेजस्तो खान पाउँदैनन् भनेर हत्तपत्त साँझको खाना पकाईन् र बेचैन भएर छोरा/छोरीको प्रतिक्षामा बसिन्।केही समय पश्चात बाबाले छोरा/छोरी ल्याई पुर्याए।आमा खुशीले प्रफुल्ल बन्दै ढोकामा पुगिन्।
आमालाई देखेर छोरी मुसुक्क गर्दै हठातको साथ कोठामा पसिन् ।छोरा गाडीभित्रैबाट साथीसँगको कुराकानीमा कानमा फोन टसाउँदै कोठामा पस्यो।आमा केही क्षण निशब्द बनिन्।

केही समयसम्म पर्खिंदा पनि छोरा/छोरी आमा नजिक नआउँदा आमाले सोंचिन् ।भोकाएका होलान् पहिला तात्तातै खाना खुवाई हाल्छु त्यसपछि कुरा गरौंला भनेर आमा छोरा/छोरीलाई खाना खान बोलाउँदै उनीहरुको नजिक गईन् ।”ल ल खाना खाई हाल पहिला।मैले तिमीहरुलाई मन पर्ने सब थोक बनाएकी छु सेलाउँछ ऐले ।”

छोरीले जवाफ दिईन् ।”आमा पनि क्या कुरा गरिसिन्छ कहाँ बेलुका पनि भात खानु?म त डाइटिङ्गमा बसेको छु।बेलुका त हल्का/फुल्का स्न्याक्स मात्र खान्छु।” अर्को कोठाबाट छोराले पनि जवाफ दियो। “आमा म’त साथीसँग डिनरमा बाहिर खाना खाने भन्ने सल्लाहा छ,बाहिर नै खान जान्छु।”
आमा स्तब्ध बनिन् र चुल्होमा तताई रहेको खानामा पुलुक्क हेरेर निन्याउरो मुख लाउँदै आफ्नो कोठामा पसिन्।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest