लघुकथा : देखावटी दुनियाँ

Sunday, September 22nd, 2019

आचार्य प्रभा डेन्भर अमेरिका

बुवा बाथको रोगले ग्रषित आमा हर समय बुवाको स्याहार सुसारमा ब्यस्त दिनभरी घरमा थन्किएर बाँच्नु पर्ने बाध्यता ती दुई दम्पतीको। यसरी बितिरहेका थिए निरशजनक क्षणहरु। धन,सम्पती मानमर्यादा जतिसुकै भए पनि आखिर बुढेसकालमा त केहि,कसैको साथ नहुँदो रहेछ यहि सोंच पालेर जीवन गुजार्न बाध्य छन् ती दुई पौढ मनहरु।
आज भने छोरो निक्कै हर्षितमुद्रामा देखिन्थे।बुहारी पनि निक्कै सहज र बोलाईली भएर प्रस्तुत हुँदै थिईन्। छोरा बुहारीको नौलो रुप देखेर ती दुईलाई अचम्म लाग्यो र बुवाले सोधे।आज किन तिमीहरु खुशी र फुर्ती देखिन्छौरुूछोराभन्दा अघाडी सरेर बुहारीले जवाफ दिईन् ।अब बुवाको जन्मदिन धुमधामकोसाथ मनाउने भनेर आज हाम्रो सल्लाह भो त्यहि भएर।
बुवाको मन नमिठोसंग चस्कियो। सम्झे बुढाले।म यसरी अशक्त परेर थन्किएर बस्दा पनि छोरोले कैले काँधको भर दिएन।बुढी आमाले नै जहिल्यै दोहोराएर हिंडाउनु पर्यो।कैले छोरोले आमाको दुखरसास्ती देखेन खै आमा म बुवालाई भर दिन्छुू भनेन बुहारीले कैले भोकरतिर्खा सोधिन।अब यो बुढेसकालमा केको मेरो जन्म दिन मनाउनु पर्यो
यस्तै यस्तै मनमा कुरा खेलाउँदै बुवाले भने। अब यो उमेरमा किन मेरो जन्म दिन मनाउनु पर्योरुमलाई कुनै ईच्छा छैन ।भो दुख नगर बुढाको कुरा खत्तम हुन नपाउँदै फनक्क फर्केर बुहारीले जवाफ दिईन्।त्यो अल्बर्टको बुवाको कत्ति धुमधामकोसाथ जन्मदिन मनाए। हामीले नमनाउँदा के भन्छन् समाजमा चलेको चलन त गर्नै पर्यो नि। बुहारीको कुरा सुनेर सासु आमाले मन मनै सोंचिन्।ूदेखावटी आडम्बर गर्नुभन्दा त बरु बुवारआमाप्रति श्रद्धा,सम्मान,माया राख्नु नि,अरुको देखासेखी गरेर बाहिरी दुनियाँलाई मात्र देखाएर के फाईदारुजब बाउ,आमाको भित्री मन तड्रपाएर विक्षिप्त बनाईन्छ भने।
आमा यस्तै कुरामा हराई रहेकी थिईन्।बुढालाई पिसाब लागेर उठ्न खोज्दा त्यँही ढल्न पुगे। आमा आत्तिएर बुढोको छेउमा पुग्दा बुढा बेहोस बनी सकेका थिए।आमाले यसो उसो हेरे छोरारबुहारी त्याँहा थिएनन्। अलिक ठुलो आवाजले बोलाउँदा उनीहरु त माथी कोठामा जन्मदिनमा लाग्ने रकमको बजेट बनाउन गईसकेछन्।आमाको मन एकपटक बेस्सरी चिमोटियो र फेरि सोंचिन्।यो दुनियाँ सब देखावटीमै अल्झेको रहेछ।
माया,आदार,सद्भाव र कर्तब्य त अब मेटीसकेछ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest