लघुकथा “बाँझोपनको नतिजा“

Wednesday, March 21st, 2018

आचार्य प्रभा

(“अरे ! कल्पना तिमी यहाँ ?“
(“हो……नि भाउजु, म यहाँ हुनुमा अचम्भित किन ? अशक्ता अवस्थामा जँचाउनै पर्यो नि“
(“अचम्म त लाग्ने नै पर्यो नि कल्पना्र त्यत्तिका बर्षसम्म यहाँ आउनु पर्या थिएन तिमीले त्यै भएर आलोकले अर्की बिहे गरे “
(“हो आलोकसंगको दुरित्व र उस्ले अर्की बिहे गर्नुले त अहिले म यहाँ धाउने भएँ त पांच पुरा पुगेर छ महिना लाग्यो्र डाक्टरले आउनु भनेर जँचाउन आएकी नि “
(“होईन कस्तो अचम्म ? आलोकसँग ५ बर्षसम्म सँगै हुँदा नि तिम्रो बच्चा भएन तर तिमीले नि दोश्रो बिहे गर्नासाथ १ बर्षभित्र मै पो ?????????????????“
(“त्यहि त…..भाउजु समाज र आफन्त सबैले मलाई दोष दिए आखिर होंचिनु पर्ने र बचन खप्न पर्ने त हामी नारीले नै त रैछ दोष कस्को छ ? कम्जोरी कस्मा छ ? भन्ने कुरो कस्ले बुझ्ने ? अनि भन्नु न,माईली भाउजु आलोक र उस्की नयाँ दुलहीको के छ त ?“
(“खै ! के हुनु र ?कल्पना अस्ति आलोककी आमाले निन्याउरो मुख लाउँदै भन्दै थिईन’भाग्यमै नभएपछी डोकोमा दुध दोएर नहुने रैछ,भनेर धाई रहेका छन् अझै उही भविष्यवाणी गर्ने ठाउँमा ती जोईपोई दुवै ……….“

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest