लाइसेन्सको लिखित र ट्रायल दुवै परीक्ष सुचारु

Tuesday, January 12th, 2021

काठमाडौं :सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को लिखित र ट्रायल परीक्षा सुचारु भएको छ । परीक्षास्थलमा ट्राफिक प्रहरीको उपस्थिति नभएपछि सोमबार लिखित र ट्रायल परीक्षा दुवै स्थगन भएको थियो । ट्राफिक प्रहरी र यातायात कार्यालयबीच विवाद देखिएपछि परीक्षा स्थलमा ट्राफिक प्रहरी उपस्थित नभएपछि दुवै परीक्षा स्थगित गरिएको थियो।

यसले गर्दा लिखित र ट्रायल परीक्षा दिन गएका सर्वसाधारण घन्टौं लाइन बसेर रित्तै फर्किनु परेको थियो । लिखित र ट्रायल परीक्षाका लागि ट्राफिक प्रहरीको प्रतिनिधिको विषयमा सोमबार साँझ ट्राफिक प्रहरी र यातायात कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो ।

मंगलबारदेखि याथस्थितिमा लिखित तथा ट्रायल परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि उपस्थित गराउनेगरी सहमति भएको काठमाडौंको सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए । सोमबार लिखित तथा ट्रायल परीक्षामा सहभागी हुन नसेको हकमा अर्को सूचना जारी गरी परीक्षाको व्यवस्था मिलाइने शाहले बताए ।

यस्तो थियो विवाद

ट्राफिक प्रहरीले आफ्नो प्रतिनिधिलाई बिहान १० बजेदेखि ४ बजेसम्म मात्र लाइसेन्सको लिखित तथा ट्रायल परीक्षामा सहभागी भइ कार्यालय खटिन निर्देशन दिएको थियो । यस्तै ट्रायल परीक्षाको सीसी टीभी फुटेज पनि उपलब्ध गराउनुपर्ने ट्राफिक प्रहरीको माग थियो । ट्राफिक प्रहरीको उक्त प्रस्ताव यातायात कार्यालयहरुले अस्वीकार गरेको थियो । सोही माग पूरा नहुने देखेपछि ट्राफिक प्रहरीको प्रहरीको प्रतिनिधि लिखित तथा ट्रायल केन्द्रमा नपुगेको यातायात कार्यालयको आरोप छ ।

ट्राफिक प्रहरीका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार सोमबार पृथ्वीजयन्ति परेकाले ट्राफिक व्यवस्थापन गर्न समस्या भएको थियो । यसले गर्दा केही यातायात कार्यालयमा ट्राफिक प्रहरी उपस्थिति हुन सकेनन् ।

ललितपुरको एकान्तकुनाको कार्यालयमा भने ट्राफिक प्रहरीको उपस्थितिमा लिखित तथा ट्रायल परीक्षा सम्पन्न गरेको बताए । यस्तै ट्रायल परीक्षाको फुटेज सर्वासाधरण जनताको सहज पहुँच पुग्नेगरी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको उनले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest