लिटिल र टिनको ट्यालेन्ट राउण्ड एकैसाथ सम्पन्न

Wednesday, April 24th, 2019

रेडियन्ट ईभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र चौथो टिन प्रिन्सेज डिभाको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । विदाको समयलाई सदुपयोग गरेर बालबालिका तथा टिनहरुको व्यक्तित्व विकासका साथै आफुले रोजेको क्षेत्रमा अगाडि बढ्न सहयोग पुर्याउने उदेश्यले हरेक बर्ष यस्ता कार्यक्रमको अयोजना रेडियन्ट ईभेन्टले गर्दै आएको छ । ट्यालेन्ट राउण्डमा दुवै प्रतियोगीताका प्रतियोगीहरुले कथा, नाटक, नृत्य, गायन, वाद्यवादन, वक्तृत्व कला लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए भने ट्यालेन्ट राउन्डको निर्णायक मण्डलमा सोहन मानन्धर, दीपेन्द्र केसी, सिसिर सिवाकोटी, अनुप डंगोल, रुविला श्रेष्ठ र प्रियंका पाठक सम्मिलित थिए ।


ट्यालेन्ट राउन्डको विजेता घोषणा भने प्रतियोगीताको फाइनल राउन्डमा हुनेछ । नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९ को ज्येष्ठ ३ गते र चौथो टिन प्रिन्सेज डिभा २०१९ को ज्येष्ठ १० गते फाइनल राउन्ड काठमाडौंमा हुनेछ ।


नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेजमा सन्ताउन्न जनाले प्रतिस्पर्धा गरिरहेका छन् । एकसय पचास जना आवदेक बीच अडिसनबाट सन्ताउन्न जना अन्तिम स्पर्धाका लागि छानिएका थिए । त्यसैगरी चौथो टिन प्रिन्सेज डिभाको लागी सत्तरी जना आवेदकहरु बीच बाइस जना अन्तिम स्पर्धाका लागि छानिएका हुन् । दुवै प्रतियोगीताको लागि कोरीयोग्राफी अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका छन् भने ड्रेस डिजाइन श्रीषा वैदार फैजुको रहेको छ । श्रीषाले थुप्रै शो हरुमा आफ्नो डिजाइनर कला प्रस्तुत गरिसकेकी छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest