लिफ्ट दिने नाममा होटलमा लिएर १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

Friday, March 30th, 2018

अनुराधा तिमिल्सिना,
काठमाडौं, १६ चैत्र ःपर्वतको छमर्केमा मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन । लिफ्ट दिने नाममा होटलमा पुर्याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।सँगै रहेकी किशोरीले भागेर प्रहरीलाई खबर गरेपछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा कुश्मा(१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा(५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा(५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन ।बलात्कारको घटनाबारे खबर नगरेको आरोपमा होटल सञ्चालक वाग्लुङ(१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहीबार राति पीडित युवतीसँगै साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए ।त्यहीँ क्रममा दुई वटा मोटरसाइकल उनीहरुको अगाडि आइपुग्छ र कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन। तर, कुश्मा नगरपालिका(४, छमर्केमा ‘न्यू सेवा गेष्ट हाउस’ लान्छन । त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन ।
त्यहाँ उनीहरुले मदिरा सेवन गर्छन । युवतीलाई पनि मदिरा खुवाएपछि बलात्कार गरेको खुलेको छ ।अर्की युवती भने भाग्न सफल हुन्छिन । उनले नै खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोली घटनास्थल पुगेर उद्दार गरेको छ भने तीन जनालाई नियन्त्रणमा लिएको छ ।उनीहरुमाथि जबरजस्तीकरणी मुद्दा अन्तरगत ७ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest