लिस्नर्स क्लबले गर्यो तिन नारीलाई सम्मान

Saturday, September 8th, 2018

हरितालिका तीजको अवसर पारेर लिस्नर्स क्लब नेपालले बिभन्न क्षेत्रमा बिशेष योगदान पु¥याउनुभएका तीन जना महिलालाई सम्मान गरेको छ । शनिवार आयोजित उक्त कार्यक्रममा नेपाली पत्रकारिताको क्षेत्रमार्फत योगदान देश र समाज परिवर्तनका लागि योगदान पु¥याउदै आउनुभएकी नवानारी म्यागेजिनकी सम्पादक तथा गीतकार जानुका ढकाल, नेपाली सांगीतिक आकाशमा आफुलाई लोकप्रिय बनाउनु भएकी बरिष्ठ गायिका कुन्ती मोक्तान, साहित्यमा कलम चलाउदै आउनु भएकी साहित्यकार लाक्पा फुटी शेर्पा लाई सम्मान गरिएको छ । सम्मानित हुने तिनै जना व्याक्तित्वहरुलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार माया ठकुरीले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा लिस्नर्स क्लवका अध्यक्ष हरिराम पौडेलले बिशिष्ठ महिलाहरुलाई सम्मानित गर्न पाउनु संस्थाको लागि गर्वको कुरा रहेको बताउनु भयो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest