लेनदेनको व्यवहारमा महिला र पुरुषमा को इमान्दारी ?

Monday, July 2nd, 2018

नेपाली समाजमा महिलाभन्दा पु?ष नै आर्थिक ?पले सबल मानिन्छन् । पछिल्लो समय महिला पनि पु?षसरह नै कमाउन थालेका भए पनि पु?षप्रधान समाजको संज्ञा दिइन्छ हाम्रो समाजलाई। मानिसमात्रै नभइ मुलु्क समृद्ध बन्न आर्थिक?पमा अगाडि हुनुपर्छ । समयसँगै परिवर्तन हुँदै गएको छ
हरेक कुरा । पु?षसँगै महिला पनि आर्थिक विकासका हिंस्सेदार बन्न सफल भएका छन् । आर्थिक कारोबार गर्दा महिला र पु?षमा को चाहिँ इमान्दार
देखिन्छन् भन्ने चर्चा गर्दैछौ यो अंकमा । सामान्यतया पु?षको तुलनामा महिलाह? लेनदेनको व्यवहारमा क्लियर हुन्छन् भन्ने मान्यता छ । यसबारेमा थुप्रै तर्कह? रहेका छन्। जस्तै महिलाह? संवेदनशील र धार्मिक स्वभावका हुन्छन् । उनीह?मा विचराका भाव धेरै हुने र आर्थिक हिनामिना गर्दा पाप लाग्छ भन्ने सोचका कारण पनि आर्थिक कारोबारमा पु?षभन्दा महिला नै इमान्दार देखिएका हुन् आदि। त्यसो त पछिल्लो समय महिलाले आर्थिक हिनामिना गरेका समाचारह? प्रकाशमा आए पनि पु?षको तुलनामा न्यून रहेको छ । अशिक्षा, बेरोजगारी लगायतका समस्याबाट गुज्रिरहेको अवस्थामा पनि महिलाह? इमान्दारितालाई अंगालेर बाँच्ने गरेको पाइन्छ । नेपालका विभिन्न आर्थिक भ्रष्टाचारका घटना हेर्दा पनि पु?ष नै अगाडि देखिएका
छन् । पु?षको स्वभाव नै जे कुरालाई पनि सहज?पमा लिने हुन्छ।

आर्थिक कारोबारमा पनि के हुन्छ त भन्ने स्वाभाव हुने भएकोले पनि पु?षह? अलि फितलो हुन्छन् । ह्या होस् भन्ने उनीह?को स्वाभावका कारण पनि उनीह? लेनदेनमा पछाडि रहेका हुन् । महिलाको तुलनामा पु?षह? कम व्यवहारिक हुने भएकोले पनि आर्थिक क्रियाकलापमा महिला नै अगाडि हुन्छन् । पु?षको आम्दानी महिलाभन्दा बढी नै भएको पाइन्छ र उनीह?ले आर्थिक कारोबार गर्दा आम्दानीभन्दा बढी बिन्दास देखिने बानी हुन्छ। त्यसैले पनि आर्थिक कारोबारमा उनीह? बेइमानी देखिन सक्छन् । सामाजिक दृष्टिकोणबाट हेर्दा महिलाभन्दा पु?षमा सामाजिक उत्तरदायित्व बढी हुने आर्थिक?पमा समृद्ध हुनुपर्छ र सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ भन्ने मान्यताका कारण पनि पु?षह? लेनदेनमा कमजोर भएका हुन् । महिलामा सामाजिक उत्तरदायित्व हुँदै हँुदैन भन्ने होइन तर पनि आर्थिक भार सामाजिक?पमा महिलालाई कम हुने गर्छ । महिलाको स्वभाव आफूसँग भएको रकम लुकाउने भएकोले पनि उनीह? इमान्दारिपूर्वक कारोबार गर्छन् ।
अनिता पौडेल, व्युटिसियन 
लेन देनको मामिलामा महिला नै बढी विश्वासिलो हुन्छन् । महिलाह? संवेदशशिल हुने र व्यवहारिक हुने भएकोले पनि विश्वासिलो देखिएका हुन् । प्रायः महिलालाई धर्तिको सुन्दर रचनाका ?पमा लिने भएकाले पनि त्यस्तो रचनामा थप निखारता ल्याउन पनि आफ्नो गुणलाई निखारन चाहन्छन् । पृथ्वीको उपमा पाउन सफल महिलाह? आफूमा
परेको समस्यालाई थाँती राखेर पनि लेनदेनको
कारोबारमा इमान्दारिता देखाउँछन् ।

पु?षको तुलनामा महिलालाई बाह्य पीडाह? कम हुने र आफूले सु? गरेकोे काम पूरा गरेरमात्र छाड्ने हठ बानीले पनि लेनदेनमा महिला सफल मानिन्छन्् ।
उनीह?मा मातृ शक्ति हुने भएकोले पनि अ?लाई घात गर्ने, पीडा दिने मनासाय हँुदैन । घर व्यवहारदेखि
सबै काम आफैंले गर्नुपर्ने भएको पनि उनीह?मा
परिपक्वता र व्यवहारिकता बढी हुन्छ । उनीह?
लेनदेनमा अ?लाई सताउँदैनन् ।

शिव परियार, गायक
यो प्रश्न आफंैमा जटिल छ तर मैले आजसम्म संगत गरेका महिला र पु?षमध्ये महिला नै इमान्दारी
भेटेको छु । महिलाह? परिपक्व र उत्तरदायि हुन्छन्, त्यसैले पनि उनीह? आर्थिक कारोबारमा इमान्दारी भेटिन्छन् ।
कतिपय पु?षमा गफ धेरै रेस्पोन्सिबल कम हुने र पैसा लगेपछि बेपत्ता हुने प्रबृत्ति हुन्छ । कत्ति पु?ष त पैसा लगेको वर्षांैसम्म गायब हुने र पछि भेट भएमा पनि विर्षिएछ भन्ने जवाफ दिने हुन्छन् । महिला पनि पैसाको पछि लागेर पैसा सक्ने खालका हुन्छन् । तर हालसम्म मैले भेटेको महिला भने इमान्दार नै पाएको छु ।
विषेशगरी श्रीमान्सँग आर्थिक?पमा निर्भर रहने
महिलाभन्दा आफूमा निर्भर महिलाह? आर्थिकमात्र
होइन, हरेक क्षेत्रमा इमान्दार हुन्छन् ।

पूजा शर्मा, नायिका
महिला वा पु?ष लेनदेनको मामिलामा दुवै बराबर
नै हुन्छन् जस्तो लाग्छ । त्यो त लैङ्गिक?पमाभन्दा पनि व्यक्तिगत?पमा हेर्ने कुरा हो । सवै मानिसलाई एउटै ?पमा दाँजेर पनि त हँुदैन, हरेक व्यक्तिको आ–आफ्नै स्वभाव हुन्छ । कुनै कुनै महिला सहनशील हुन्छन् भने कुनै नहुन पनि सक्छन् । कुनै महिलाले पु?षको सम्पत्ति सबै कुम्लो बनाएर हिँडेको उदाहरण पनि हामीसँगै छन् भने कति पु?षले आर्थिक हिना मिना गरेर भागेको उदाहरण पनि छ । त्यसैले महिला वा पु?षभन्दा पनि व्यक्तिमा निर्भर
रहन्छ । यदि आर्थिक?पमा सबल महिला छन् भने महिला नै पनि इमान्दार देखिन सक्छन् । कारोबारको मामिलामा चाँहि मेरो विचारमा दुवै जना बराबर नै हुन्छन् ।

महिला र पु?षमा यो नै इमान्दार हुन्छ भन्न मुस्किल छ । घर व्यवहारिक कुरो हो भने महिला नै इमान्दार हुन्छन् तर बाहिरको कुरा गर्ने हो भने अहिलेको समयमा महिला वा पु?ष
कसैको पनि विश्वास गर्न सकिदैन । बिजनेसमा हो भने बिजनेस पोलिसीअनुसार चल्छ । तर जोकोहीलाई विश्वास गर्न मुस्किल छ । पु?षभन्दा महिलामा संवेदनशीलता अलि बढी हुने र उत्तरदायित्वमा रहेर काम गर्ने भएकोले अलि इमान्दार देखिए पनि यहि नै इमान्दार हुन्छ भन्न चाहिँ सकिँँदैन । पु?षमा चाँहि व्यवहारिकताको कमी हो कि भन्ने लाग्छ ।
राज तिमल्सिना, नायक


महिला र पु?ष भएर नै इमान्दा
रिताको कुरा हुने भन्ने होइन । यो इमान्दारिता भन्ने व्यक्तिमा भरपर्ने कुरा हो । कोही महिला नै पनि बेइमान हुन सक्छन् भने कोही पु?ष नै पनि बेइमान हुन सक्छन् ।

कतिपय अवस्थामा व्यक्ति इमान्दार बन्न खोज्दा खोज्दै पनि बेइमान बन्न पुग्छ । त्यो परिस्थितिको कुरा हो । समाजमा पु?षले नै बढी व्यवहारिक कार्य गर्नुपर्ने भएकोले पनि पु?षमा इमान्दारिता कम देखिएको हुनसक्छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest