लैङ्गिक समानता पुरस्कारबाट सम्मानित नारी खबरकी सम्पादक गगनशिला

Monday, March 12th, 2018

काडमाण्डौ ः
नेपाल पत्रकार महासंघको महिला विभागले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको खुल्ला प्रतिसप्रधामा सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर विषयमा लेख लेखेवापत नारी खबरकी सम्पादक गगनशिला खडका सहित पाल्पाकी मना गैंरे र मकवानपुरकी पत्रकार नानीमैया बिष्ट पुरस्कृत भएका छन ।सम्पादक खडका विगत एक दसकदेखी पत्रकारीतामा सक्रिय रुपमा लागेकी छन ।उनीहरुलाई राजधानीमा आयोजित सञ्चार क्षेत्रमा लैङ्गिक समानता र अवसर विषयक अन्तरक्रिया एवम पुरस्कार वितरण कार्यक्रममा संचार मन्त्रालयका सचिव केदार अधिकारीले पुरस्कृत गरेका हुन ।

कार्यक्रममा खडकालाई १० हजार नगत सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको हो ,नेपाल पत्रकार महासंघको महिला विभागले फागुन २ गतेदेखी राष्टिय स्तरमा नै २०७४ साल भित्रै प्रकाशित वा अप्रकाशीत लेख, रचना लेख्ने वा कार्यक्रम उत्पादन गर्ने पत्रकारलाई पुरस्कृत गर्ने गरी सार्वजनिक रुपमा नै आह्वान गरेको थियो ।सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढाउने र लैगिक रुपमा पनि समानता कायम गर्न सघाउ पुगोस भन्ने उद्देश्यले आयोजना गरिएको प्रतिस्पर्धामा नेपाल भरका पत्रकारहरुको सहभागिता रहेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest