लैङ्गिक हिंसा बिरुद्ध सरोकारवालाहरु सँग अन्तक्रिया

Monday, December 17th, 2018


अन्तराष्ट्रिय रुपमा नै महिला हिंसा बिरुद्धको सोह्र दिने अभियान मनाईदै गर्दा म पनि बोल्छु भन्ने नाराका साथ लैङ्गिकहिंसा विरुद्धको अभियान नेपालमा पनि चलाईयो । यस अभियानलाई निरन्तरतादिन साथै सार्थक बनाउन सम्झौता नेपालले लैङ्गिक हिंसा विरुद्धः सरोकारवालाहरूसँगको छलफल कार्यक्रम यही मंसिर २८ गते, शुक्रबार बानेश्वरमा आयोजना गरेको थियो । यस कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी समस्याहरुलाई विभिन्न वक्ताहरुले प्रस्तुत गरेका थिए । लैङ्गिक हिंसा बिरुद्धमा नेपालको संविधान २०७२ तथा यसको मातहतमा रहेका ऐन कानुनमा भएको व्यवस्थाको बारेमा अधिवक्ता बिष्णु माया भुसालले समिक्षा गरेकी थिइन्् । यसै गरी अब आगामी दिनमा लैङ्गिक हिंसा विरुद्ध देशका विभिन्न क्षेत्र जस्तै नागरिक समाज, मीडिया, नीति निर्माणकर्ताले गर्नु पर्ने कार्यहरूको बारेमा जिइएसआई विज्ञ शोभा लामाले प्रस्तुत गरेकी थिइन्् । कार्यक्रममा माननिय सरिता गिरी, छाया शर्मा पन्त, नवनारीकी सम्पादक तथा महिला अधिकारकर्मी जानुका ढकाल, सिमा खान, कमला हेमचुरी, महिला अधिकारकर्मी पद््मिनी प्रधानाङ्ग लगातका वत्ताहरुले आ आफ््नो क्षेत्रको समस्या र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा राखेका थिए । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक विकास समितिका सदस्य माननीय अमृता थापा, प्रतिनिधि सभा सदस्य माननीय आशा कुमारी बि.क, राष्ट्रिय योजना आयोग सदस्य माननीय डा. उषा झा, प्रदेश सभा संसाद, प्रदेश तीन माननीय छिरिङ्ग दोर्जे लामा, पूर्व जलस्रोत राज्यमन्त्री, डिना उपाध्यय, पूर्व सभासद साविया परविन अन्सारी लगायतले लैङ्गिक हिंसा बिरुद्ध आगामी दिनमा भएको ऐन कानूनलाई कार्यान्वय गर्न सबैको साथ लिदै आ आफ््नो तहबाट लैङ्गिक हिंसा उन्मुलन गर्ने प्रतिबद्धता व्याक्त गरेका थिए । क्रिश्चियन एडका कन्ट्री डाइरेक्टर मनी कुमारले समेत आफ््नो मन्तव्य राखेको थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest