लोटस हर्बलको बेबी प्लस नेपाली बजारमा

Wednesday, January 23rd, 2019


बहुराष्ट्रिय ब्राण्डमा गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन गर्दै आएको लोटस हर्वल प्रालिले नेपालमा बेबी प्लसका सामग्री भित्राएको छ । कम्पनीले शिशुलाई स्वस्थ राख्न मात्रै नभएर छालाजन्य रोगबाट बचाउने उदेश्यले यी विभिन्न सामग्री भित्राएको जानकारी दिएको छ ।
नेपालमा लामो समयदेखि कस्मेटिक सामग्रीको बजार ओगट्दै आएको लोटसले साइड ईफेक्ट नहुने हर्बल प्रडक्ट भित्राएको लोटस हर्बल नेपालका प्रतिनिधि ऋषि अधिकारीले जानकारी दिए । उनका अनुसार बेबी प्लसमा बेबी सोप, बेबी स्याम्पु, बडी लोसन, बेबी सफ्स क्रिम, बेबी ¥यासेस, मसाज तेल रहेका छन् । यी उत्पादनहरु देशको सातैवटा प्रदेशकासबै सहरमा उपलब्ध गराइसकेको अधिकारीको भनाइ छ । नेपालको ग्रामीण भेगदेखी सहरी क्षेत्रसम्मका आमाहरुले लोटस हर्बल ब्राण्डको बेबी प्लसका सामग्री प्रयोग गर्न सक्ने कम्पनी अध्यक्ष सतीषप्रसाद महित्राले जानकारी दिए ।          .

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest