चक्र प्रसाद पोख्रेल
काठमाडौः इनोरेज प्राइभेट लिमिटेडको आयोजनामा काठमाण्डौको भृकुटीमण्डपमा पहिलो वर्ल्ड ब्युटी एण्ड फिटनेश एक्सपो २०७६ सम्पन्न भएको छ । उक्त एक्सपोमा सहभागिता जनाएको मायाज ब्युटिपार्लर एण्ड टेनिङ सेन्टरले उक्त एक्सपो अवलोकन गर्न आएकाहरुलाई लक्की ड्रको कुपनको व्यवस्था गरेको थियो ।
लक्की ड्रमा ३० प्रतिशत देखी १०० प्रतिशतसम्मको छुट सहित व्युटिपार्लर टेनिङको व्यवस्था गरेको थियो । यस पार्लरले अब छिटै उक्त लक्की ड्रमा सहभागीहरुमध्येबाट छानिएका ८० जनालाई आफ्ना विभिन्न शाखामा आफुले पाएको छुटसहित टेनिङ सिक्न पाउनेछन् । एक्स्पोका विजेताहरु अहिले धमाधम आउनेक्रम जारी रहेको सौन्दर्यविद तथा मायाज व्युटिपार्लकी सञ्चालिका गीता गिरीले जानकारी दिइन् ।
काठमाडौको कलङ्की, नयाँ वानेश्वर ,भक्तपुरको सूर्यविनायक र ललितपुरको प्रयाग पोखरीमा शाखा रहेको यस पार्लरले नँया वानेश्वर चोकमा केहि समय अघि मात्र मायाज बुटिक समेत सञ्चालनमा ल्याएको छ ।