वर्षकै लोकप्रिय कलाकार प्रदिप र साम्राज्ञी

Friday, March 30th, 2018

चक्र प्रसाद पोख्रेल,
२०७४ चैत्र १६ ,काठमाडौं ःनायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले वर्षकै लोकप्रिय नायक र नायिकाको उपाधी पाएका छन । जारी दोस्रो फान अवार्डमा उनीहरुले यो उपाधी पाएका हुन । प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई यो उपाधीवाट विभूषित गरेका हुन ।
संख्यात्मक भन्दा गुणत्मक चलचित्रमा काम गर्न रुचाउने खड्क सेल्फ मोड स्टारको रुपमा चिनिन्छन । ४ चलचित्रमा मुख्य भुमिकामा अभिनय गरिसकेका खड्का पछिल्लो समय चलचित्र क्षेत्रमै क्रियाशिल छन।

त्यस्तै वर्षकै उत्कृष्ट नायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह सम्मानित भएकी छिन् । ड्रिम्स चलचित्रबाट चलचित्र क्षेत्रमा उदाएकि शाह छोटो समयमै चलचित्र क्षेत्रमा ठूलो उपलब्धि हात पार्ने नायिकाको रुपमा चिनिन्छिन ।ड्रिम्स पछि ए मेरो हजुर २, मंगलम, तिमीसँग र कायरा गरि अहिलेसम्म ५ चलचित्रमा अभियन गरिसकेकी छिन् । त्यसमध्ये तिमीसँग र कायरा प्रदर्शन हुनेक्रममा छन ।सर्वाधिक माग र छोटो समयमै उनले पाएको लोकप्रियताले उनलाई स्टार अफ द ईयरबाट सम्मानित गरिएको आयोजकले जनाएको छ । २४ विधामा पुरस्कृत गरिने फान अवार्डमा आर्मी अफिसर्स क्लव भद्रकालीमा जारी रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest