वर्षातको मेकअप

Wednesday, August 1st, 2018


पिंगला प्रधान ढकाल, व्युटिसियन
सेरफिक व्युटि होम एण्ड ट्रेनिङ् सेन्टर, ललितपुर
वर्षाको समय भन्ने बित्तिकै गर्मीको साथमा धुवा धुलो अनि झरी भन्ने बुझिन्छ । कतिपयलाई पानीमा रुझ्न असाध्यै मनपर्छ । यो समय वरिपरि हरियालीले ढाकेको हुन्छ, खोला नालाको कल कल आवाज, झरनाहरु आहा…. कति रमाईलो हुन्छ तर यो वर्षाको रमाइलोमा गर्मी पनि उत्तिकै हुने हुनाले पसिनाको समस्या वा बाहिर कतै कुनै कार्यक्रम वा पार्टीमा जान पर्दा मेकअप बग्ने वा लतपतिने समस्या पनि उत्तिकै हुने गर्दछ । त्यसकारण हामीले सिजन अनुसारको मेकअप गरेनौँ वा वर्षा र गर्मीमा ठीक मेकअप गरेनौ भने वा भनौ प्रोटेक्ट बेस मेकअप गरेनौ भने वर्षाको समयमा अनुहारमा पानी या पसिनाका कारण मेकअप बग्न सक्छ र तपाईलाई राम्री होइन अझ नराम्रो देखाउन सक्छ ।

यदि हामीले वर्षयामको समयमा अनुकुल मेकअप गर्यो भने र सोही अनुसारको हेयर डिजाइन ग¥यो भने सुन्दर देखिनुको साथै पखालिने वा लतपतिने डर हुदैँन् । यसको लागि सर्वप्रथम वाटर प्रुफ मेकअप प्रोडक्ट नै चलाउनु पर्दछ भने म्याट मेकअप गर्नु राम्रो हुन्छ । कारण तपाईँको अनुहारमा तेल आएता पनि धेरै चिल्लो देखिदैन साथै पसिना र पानीले पखालीने डर हुँदैन ।

वर्षाको मेकअप गर्दा पनि पहिला छालाको प्रकार अनुसारको क्लिनजिङ् गर्ने त्यसपछि ओइली स्किन भए ग्रीन टिलाई पानीमा उमालेर सेलाएर फ्रिजमा राखेको पानीमा कपास चोपेर थपथपाउदैँ अनुहारमा लगाउने र केही समय राख्ने त्यसपछि सोही कपासले पुछ्ने र इसटेन्जर थपथपाउदै लगाउने । एक छिन त्यत्तिकै छोडी दिने ।

त्यसपछि बाटर बेस्ट मोस्चराइजर एसपीएफ १५जेएफ २० हल्का लगाउने । यदि ड्राइ वा नर्मल स्किन भए टोनर त्यसै गरी लगाउने र छाड्ने अनि सोही मोइचराइजर हल्का लगाउने । त्यसपछि बेस बनाउने । बेस बनाउदा म्याट वाटर प्रुफ बेसको फाउन्डेसन लगाउने । यसमा म्याट मेकअप नै राम्रो हुन्छ । त्यसपछि आँखाको
मेकअप गर्ने । हुन त पहिला आँखाको मेकअप पछि वेस बनाउदा सजिलो हुन्छ ।

आँखाको मेकअप गर्दा क्र्रीयोन टाइपको आईलाइनर नलगाउनु
राम्रो हुन्छ यो वाटर प्रुफ नै भएता पनि यसमा प्राय जसो ओइल हुने हुनाले गर्मीमा भएको तेल पग्लीएर अनुहारमा आउन सक्छ त्यसैले यसको सट्टामा लिक्युर वा जेल लाइनर चलाउन सक्छौ तर यो भन्दा पनि मेरो अनुभवमा वाटर प्रुफ पेन्सिल लाइनर लगाउन राम्रो हुन्छ ।

त्यसमाथि सोही कलरको वाटर प्रुफ मेकअप लगाए पछि
बेलुका सुत्न भन्दा पहिला मेकअप क्लिनर वा मेकअप रिमुभरले मेकअप पुछेर राम्रो संग किल्जिङ् अनिवार्य रुपमा गर्नु पर्दछ । त्यसपछि टोनर र मोस्चराइजर वा नाइट क्रिम लगाउने । यी सबैको साथमा जहिले पनि हामीले मेकअप प्रोडोक्ट क्वालिटीको र राम्रो ब्रान्डको चलाउनु पर्दछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest