वर्ष २०७४ मा घरजम गर्ने सेलिब्रेटीहरु

Wednesday, April 18th, 2018

चक्र प्रसाद पोख्रेल
काठमाडौं– बर्ष २०७४ मा केही सेलिब्रेटीले घरजम गरे भने केहिले वर्षौंदेखिको सम्बन्धलाई बिट मारेका छन । कला तथा मनोरन्जन क्षेत्रमा क–कसले घरजम गरे भन्ने भन्नेबारे हामीले याहा चर्चा गरेका छौ ।

 

मोनिका दाहाल (अभिनेत्री )
मोनिका दाहाल पनि वर्ष ०७४ को मंसिरमा काठमाडौ निवासी व्यवसायी साइमन क्षत्रीसँग विवाह गरिन । उनले भने परिवारले जुराइदिएको केटासंग विवाह गरेकी हुन । परिवारका सदस्य, आफन्त र सिमित साथीभाइको माझ उनले काठमाडौकै एक पार्टी प्यालेसमा लगनगाँठो कसेकी हुन् ।
निशा अधिकारी (अभिनेत्री)
चर्चित अभिनेत्री नीशा अधिकारीले वर्ष ०७४असार १६ गते क्रिकेटर शरद भेष्वाकरसँग दरबार मार्ग्स्थित होटल अन्नपूर्णमा लगनगाँठो कसेकी थिइन । लामो समय देखिको प्रेम सम्बन्धलाई यी दुबैले बिबाहमा परिणत गरेका थिए ।नीशा र शरदले दुवै परिवारको सहमतिमा परम्परागत शैलीमै विवाह गरेका थिए । विवाह समारोहमा दुवै परिवारका सदस्य, नजिकका आफन्त तथा सीमित कलाकर्मी सहभागी थिए । उनले सरकारका विशिष्ट कर्मचारी, वरिष्ठ कलाकार, सहकर्मी र नजिकका पत्रकारलाई बिबाह भोज समेत खुवाएकी थिइन् ।

 

राजबल्लभ कोइराला (अभिनेता)
राज बल्लभ कोइरालाले यहि मंसिरमा अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा लगनगाँठो कसेका थिए । उनले प्रतिमा बिमलीसँग विवाह गरेका हुन् । लामो समयदेखि प्रेमलाई उनले विवाहमा परिणत गरेका हुन् । बिमली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् । उनको विवाहमा अमेरिकामा रहेका केही कलाकार सहभागी थिए ।

 

अशिष्मा नकर्मी (अभिनेत्री)
अभिनेत्री अशिष्मा नकर्मीले वर्षको अत्यतिर लगनगाँठो कसेकी हुन् । अमेरिका बस्दै आएका काठमाडौं नयाँ बानेश्वर निवासी चार्टर एकाउन्टेन्ट नविन प्रधानसँग उनले कालिमाटी स्थित एक ब्यैङकेटमा नेवारी परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । भाइको माध्यमबाट भेट भएका नविनसँग एक सातामै बैबाहिक सम्बन्धमा गाँस्ने निणर्य गरेको अभिनेत्री नकर्मिले बताइन ।

 

कविराज गहतराज (नृत्य
निर्देशक)
कोरियोग्राफर कविराज गहतराजले पनि वर्षको अत्यतिर बिबाह गरेका हुन् । ३२ बर्षीय कविराजले आफ्नै दाईकी साली पर्ने नारायणथान निवासी २२ बर्षिया रोजी घिमिरेसँग लगनगाँठो कसेका हुन् । उनले आफ्ना परिवार र केहि नजिकका साथीहरू र नेपाली चलचित्र निर्माता, निर्देशक, पत्रकारलाई बिबाह भोज खुवाएका थिए ।

 

गम्भीर विष्ट र निश्मा घिमिरे (अभिनेतारअभिनेत्री )
नृत्य निर्देशक गम्भीर र अभिनेत्री निश्माले मंसिरमै बिवाह गरेका थिए। केही समय देखिको प्रेम सम्बन्धलाई परिवारको सहमतीमा लगनगाँठो कसेका हुन् । कौशलटारस्थित एक ब्यैङकेटमा दुबैका नजिकका साथी र परिवारको उपस्थितिमा विवाह गरेका थिए । गम्भिर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । निश्मा अभिनित चलचित्र ‘रिदम’ हिट भएको थियो । त्यसपछि उनी ‘लभ यु बाबा’ चलचित्रमा निश्मा देखिएकी थिइन् । गम्भीर भने म्युजिक भिडियो तथा चलचित्रका नृत्य निर्देशक हुन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest