विजया गुरुङ्गको पहिलो एल्बम मोसन अफ लभ सार्वजनिक

Monday, April 23rd, 2018

 

 

काठमाडौँ – गीतकार विजया गुरुङ्गको पहिलो एल्वम मोसन अफ लभ बजारमा आएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईले संगीत भरेका छन् ।

मोसन अफ लभमा पाचवटा गीत रहेका छन् जसमा अन्जु पन्तको आवाजमा तिम्रा हजार गल्तीलाई माफ गरे मैले, बिश्व नेपालीको आवाजमा आमा मेरी आमा, दिपा लामाको आवाजमा औला गन्दै छु म तिम्रो पर्खाइमा, पल पल साथै रहुँ म तिम्रो, बिन्दु परियारको आवाजमा सिरसिरे बतासैले लगायतका गीतहरु रहेका छन् ।

बरिष्ठ गीतकार कवि तथा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा गीतकार विजया गुरुङ्ग, पुना इन्टरनेशनलका अध्यक्ष सिबि गुरुङ्ग, संगीतकार बिनोद पछाईका साथै गायक गायिकाहरुले संयुक्त रुपमा एल्वम बिमोचन गरेका थिए ।

 

कार्यक्रममा एल्बममा रहेका गीतहरुलाई गायक गायिकाहरुले प्रत्यक्ष रुपमा गाएर सुनाएका थिए । बिजया गुरुङ्गको मोसन अफ लभको आगमन सँगै नेपाली संगीत आकाशमा अर्का एक श्रष्टाको उदय भएको छ । यस एल्बममा रहेका गीतहरु गीतकारले आफ्ना श्रीमान सिबि गुरुङ्ग प्रति समर्पित गरेकी छन् । यो एल्बममा रहेका गीतहरुको भिडियो पनि चाडै नै बजारमा आउने गीतकार गुरुङ्गले जानकारी दिइन् । बिमोचन कार्यक्रम बानेश्वरस्थित इन्द्रेणी पूmडल्याण्डमा सम्पन्न भएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest