विद्यार्थी बोकेको बस दुर्घटना १८ जना घाइते, दुईको अवस्था गम्भीर

Friday, February 19th, 2021

रामेछाप :रामेछापको मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।प्रहरीका अनुसार बसमा सवार ५३ जनामध्ये १८ जना घाइते भएका छन् जसमध्ये दुईको अवस्था गम्भीर छ ।

घाइतेको उद्दारपछि तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा ट्याक्टरलाई साइट दिने क्रममा तीव्र गतिका कारण अचानक बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
मन्थलीमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि विद्यार्थी र स्काउटको टोली चढेको बस दुर्घटना भएको हो

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest