विरगंजका सौन्दर्य व्यावसायिसँग नवनारी

Sunday, February 25th, 2018

काठमाण्डौ ःलामो समय देखी महिलाहरुको व्याक्तित्व बिकासका साथै महिलाका हक हितकालागि आवाज उठाउदै आएको नवनारी मासिक पत्रिकाले पछिल्लो समय उपत्यका वाहिर पनि महिलाहरुसंग विभिन्न विषयमा छलफल गर्दै आइरहेको छ । अहिले महिलाहरुले बिभिन्न पेशा, व्यावसाय अंगाल्दै आएका छन् । बिभिन्न चुनौतीहरुको सामना गर्दै व्यावसायमा आफुलाई सफल बनाएका छन् । महिलाले गरेको व्यावसायलाई कसरी प्रबद्र्धन गर्न सकिन्छ भन्ने बिषयमा सम्बन्धित क्षेत्रका महिलाहरुसँग छलफल कार्यक्रम राखेको नवनारीका प्रबन्ध निर्देशक बिनोद पछाईले बताए । यसै शिलशिलामा विरगंज सौन्दर्यकर्मी संघकी अध्यक्ष व्युटिसियन उर्मिला थापा तथा मन्दीरा राउत, मनिता लाखे, सरिता शर्मा, निलम सिंह, अनिता शाह, विना महत्तो, शुसीला थापा, सुमित्रा वस्नेत, रंजना महर्जन, जयन्ती चक्रवेदी, पूजा देवी, राधा शर्मा, मोनिका रेड्डो, तामना खातुन, होम माया श्रेष्ठ, शुमिता खड्का, रितिका श्रेष्ठ, राधा हमाल, कल्पना खड्का, शान्ति बानियाँ लगायत स्थानिय सौन्दर्य व्यावसायिहरुले विरगंजमा महिलाहरुको अवस्था र आफुले गरिरहेको व्यावसायको वारेमा प्रकाश पारेका थिए भने नवनारीका प्रवन्ध निर्देशक विनोद पछाईले नवनारी मासिक पत्रिकाकाले गरीरहेका कामकाबारेमा बताएका थिए । साथै नवनारीले महिलाले गरेको व्यावसायलाई सधै प्रमोसन गर्दै आएको र भविष्यमा पनि गरिरहने जानकारी समेत दिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest