विराटनगर रणभुमिमा परिणत,आधा दर्जन टिपरमा तोडफोड

Monday, January 28th, 2019


अनुज सापकोटा
मोरङ – विराटनगर सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट सोमबार एक बालिकाको ज्यान गएपछि स्थिति तनावपूर्ण बनेको छ । विराटचोकबाट–विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।दुर्घटनापछि स्थानीय वासिन्दाले ठक्कर दिने टिप्परका साथै सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले बिहान अर्को आदेश जारी नभएसम्म यो क्षेत्रमा कफ्यु लगाएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest