विवाहको परिभाषामै समेटिएनन् लैंगिक अल्पसंख्यक

Tuesday, August 14th, 2018

मुलुकी देवानी संहिता ऐनले विवाहको परिभाषामै समलिङ्गी तथा तेस्रोलिङ्गीलाई समेटेको छैन । समलिङ्गी तथा तेस्रोलिङ्गीले विवाहको कानुनी अधिकार खोजिरहेको अवस्थामा आएको मुलुकी देवानी संहिता ऐनले उनीहरुलाई विवाहको परिभाषामै समेट्न नसकेको हो ।

अबको ३ दिनपछि अर्थात् भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी देवानी संहिता २०७४ को दफा ६७ मा निम्न अवस्थालाई विवाह भएको मानिने उल्लेख गरिएको छ । जसमा भनिएको छ – ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पतिपत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।’

कार्यान्वयनमा आउन लागेको कानूनले गरेको विवाहको यस परिभाषाले नै महिला र पुरुषलाई मात्रै पति पत्नीको रुपमा उल्लेख गरेको छ । यहाँ लैंगिक अल्पसंख्यक समूदाय अन्तर्गत रहेका समलिङ्गी तथा तेस्रोलिङ्गीको वैवाहिक अधिकारलाई सम्बोधन गरिएको छैन । अर्थात विवाह विपरितलिङ्गीबिच मात्रै हुन्छ भन्ने कुरालाई विवाहको यो परिभाषाले स्थापित गरिदिएको छ ।

सरकारले कार्यान्वयनमा आउनुअघि यसका केही बुँदाहरुलाई संशोधन गर्नको लागि संसदमा संशोधन प्रस्ताव पनि दर्ता गरेको छ । उक्त संशोधनमा पनि विवाहको परिभाषालाई सम्बोधन गर्न प्रस्ताव लगिएको छैन । महिला खबरबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest