विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रमा अटिजम सचेतना दिवस सम्पन्न

Thursday, April 5th, 2018

 

 चक्र प्रसाद पोख्रेल,
काठमाडौं ः विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र ( एस.एस.डी.आर.सि )ले विश्व अटिजम सचेतना दिवश २ अप्रिल २०१८ भब्यताका साथ मनाएको छ । संस्थाका अध्यक्ष सविता उप्रेतीको सभापतित्व तथा पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत श्री युवराज भुषालको प्रमुख आतिथ्यतामा निलो बत्ती बालेर कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अटिजम सचेतनामा उल्लेखनीय योगदान पु¥याएका सञ्चारकर्मी दीपक समीर, गोमा श्रेष्ठ, हरिराम पौडेल, रामकला खड्का, दामोदर न्यौपाने, सुधा सुवेदी, राष्ट्रिय युवा परिषदका अध्यक्ष सरोज बानिया, राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष कमल सुवेदी, अपाङ्गता अधिकारकर्मी मुकुन्द दाहाल, समाजसेवी किशोर सुनुवार लगाएत संस्थामा पाँच वर्ष भन्दा लामो समय सेवा गर्दै आउनु भएका शिक्षक सन्जु थापा र कमला ढकाललाई सम्मान गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिँदै अटिजम भएका बालक आदेशराज काफ्लेले अवसर पाए हामी पनि केही गर्न सक्ने भन्दै अटिजम बालबालिकाहरूलाई सहयोग र अवसर एवम् शिक्षाको खाँचो रहेको बताए । साथमा संस्था अटिजम बालबालिकाहरु द्घारा सन्देशमुलक नृत्य,गीत,कविता,फेशन सो र चित्रकला प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा संस्थाको भवन निर्माणको लागि कोष निर्माणको उद्घाटन अतिथि एवम् सम्मानित व्यक्तिहरूले संयुक्त रूपमा गमलामा पानी हालेर गरेका थिए । साथै संस्थाको आफ्नै भवन निर्माण संस्थाको आगामि अभियान भएको र यस कार्यमा सहयोग गर्न सबैलाई संस्थाकी अध्यक्ष तथा कार्यकारी प्रमुख सविता उप्रेतीले अनुरोध गरिन । यस संस्थामा विगत आठ बर्षदेखि अटिजम भएका बालबालिकाहरूको हेरचाह, शिक्षा, थेरापी सेवा, सीपमूलक तालिम, जस्ता कार्यहरू गर्दै आएको र आगामी दिनमा सबैको साथ र सहयोगले यसले झन व्यापकता पाउने भन्दै संस्थालाई साथ र सहयोग गर्न समेत अपिल गरिन । हाल संस्थामा ४५ जना अटिजम भएका बालबालिकाहरूले शिक्षा लिईरहेका छन् भने ४०० भन्दा बढि बालबालिका र तिनीहरूका अभिभावकहरूमा यसको सचेतना कार्यका लागि सेवा र तालिम समेत प्रदान गरिसकेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest